• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

      कांग्रेस मोरङले भन्यो : हामीले पार्टीभित्र एकता चाहेका हौं

      जेनजी सांसदलाई प्रधानमन्त्रीले भने- ‘आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुस्’

      यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा

      ‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड

      अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणका बारेमा छलफल जारी

      नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई हजार २५ बढीले लिए अनुमति

      ‘झिङ्गेदाउ–२’ :आँचलको अभिनयमा निखार र परिपक्वता

      प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ : उपाध्यक्ष भट्ट

      १ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

      संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’

      काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

      भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

      नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

      बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ?

    होमपेज /  पत्रपत्रिका

    थपेको थप्यै ऋणमाथि ऋणः पुग्यो २३ खर्ब ८६ अर्ब

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख ५, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५९५ पटक पढिएको
  • काठमाडौं । पर्याप्त मात्रामा राजस्व उठाउन असफल बन्दै गएको सरकारले चालू खर्च र पुँजीगत खर्च धान्न आन्तरिक र बाह्य ऋण थपेको थप्यै गरेको छ ।

    चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनामा मात्र सरकारले सार्वजनिक ऋण २ खर्ब २८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपेको हो । चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

    सरकारको ऋण तथा भुक्तानीको व्यवस्थापन गर्दै आएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत)सम्ममा सरकारले २ खर्ब ३८ अर्ब ९३ करोड रुपियाँ थप ऋण लिएको छ । जसमध्ये सरकारले १ खर्ब ७६ अर्ब आन्तरिक र ६२ अर्ब ९३ करोड ९९ लाख रुपियाँ बाह्य ऋण उठाएको छ ।

    फागुनमा १६ खर्ब ४७ अर्ब कर्जा लिएको सरकारले चैतमा १७ खर्ब ३४ अर्ब ४९ लाख थप कर्जा लिएको छ ।

    सरकारले कर्जा मात्र लिएको भने पक्कै होइन । यस बीचमा कर्जा र ब्याज पनि भुक्तानी गरेको छ । गत साउनदेखि चैतसम्ममा सरकारले ऋणबापत २ खर्ब ९ अर्ब १५ करोड रुपियाँ भुक्तानी गरेको छ । जसमध्ये साँवाबापत १ खर्ब ५२ अर्ब ५० करोड र ब्याजबापत ५६ अर्ब ६५ करोड रुपियाँ ब्याजबापत भुक्तानी गरेको छ । कुल भुक्तानीमध्ये आन्तरिक ऋणबापत सरकारले साँवाब्याज गरेर १ खर्ब ७५ अर्ब ४० करोड रुपियाँ भुक्तानी दिएको छ भने बाह्य ऋणबापत साँवाब्याजसहित ३३ अर्ब ७४ करोड रुपियाँ भुक्तानी भएको छ ।

    बाह्य कर्जाले सरकारी खर्च धान्न नसकेपछि सरकारले आन्तरिक कर्जा पनि बढाएको बढायै गरेको छ । जसले गर्दा आन्तरिक कर्जा मात्रै पनि ११ खर्ब ७९ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ । बाह्य ऋण भने १२ खर्ब ६ अर्ब ३१ करोड १७ लाख रुपैयाँ रहेको छ । अहिले बाह्य र आन्तरिक कर्जाको अनुपात लगभग ५०ः५० को स्थितिमा पुगेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको नौ महिनामा मात्रै आन्तरिक ऋणतर्फ १ खर्ब ७५ अर्ब ४० करोड ९१ लाख रुपैयाँ थपिएको छ । नौ महिनामा बाह्य ऋणतर्फ ६२ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपिएको छ ।

    नौ महिनामा सरकारले सावाँतर्फ १ खर्ब २५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ तिरेको छ भने ब्याज मात्रै ४९ अर्ब ७८ करोड ५८ लाख रुपैयाँ तिरेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विदेशी ऋणको साँवा भुक्तानी गर्न सरकारले २६ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ तिर्दा ब्याजका रूपमा मात्र ६ अर्ब ८७ करोड १४ लाख रुपैयाँ तिरेको छ ।

    कर्जा थपेको थप्यै भए पनि गत फागुनको तुलनामा भने चैतमा नेपालको कुल सार्वजनिक ऋण घटेको छ । फागुन महिनाको तुलनामा चैतमा २ अर्ब ४७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको हो ।

    फागुन मसान्तसम्म भने सो ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकोमा चैत मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको हो ।

    गत असार मसान्तसम्म भने नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो र चैत मसान्तसम्म आइपुग्दा सावाँ ब्याज घटाएर ८६ अर्ब ४४ करोड ऋण थपिँदा २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको हो । जसमा आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

    आर्थिक वर्ष २०७०÷७१ सम्म कुल ५ खर्ब ५३ अर्ब ५० करोड रुपैयाँ हाराहारी रहेको ऋणको आकार चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा बढेर २३ खर्ब ८५ अर्बमाथि पुगेको छ । यो तथ्यांकले मुलुकको सार्वजनिक ऋणको आकार ३३१ प्रतिशतले बढेको देखाएको छ ।

    सरकारले अपेक्षित राजस्वको ५२ प्रतिशत मात्र उठाउन सकेकाले कर्जा थपेको थप्यै गरेको हो । यद्यपि, सरकारले कर्जा थपे पनि पुँजीगत खर्चको प्रगति भने २५ प्रतिशतभन्दा माथि गएको छैन । सरकारले चालू खर्च अर्थात् तलबसहितको नियमित खर्च गर्नकै लागि मात्र कर्जा थपेको थप्यै गरेकाले सरकारमाथि प्रश्न चिह्न खडा भएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

    कांग्रेस मोरङले भन्यो : हामीले पार्टीभित्र एकता चाहेका…

    जेनजी सांसदलाई प्रधानमन्त्रीले भने- ‘आफ्नो पुस्ताका लागि स्वदेशमै…

    यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑