• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

      रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

      रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

      नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

      विष्णु पौडेललाई माइक्रोमा काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

      गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

      कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

      इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खुला

       विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

      विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

    होमपेज /  पत्रपत्रिका

    भूकम्पपीडितको त्रिपालमुनि बास: चिसोले झनै कष्टकर जीवन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ १३, शनिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३६५ पटक पढिएको
  • रावतगाउँ (जाजरकोट),१३ माघ । गत १७ कात्तिकमा जाजरकोट ’boutकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, सल्यान, पश्चिम रुकुमवासीलाई नराम्ररी पिरल्यो । कसैले ज्यान गुमाए भने कोही घाइते भए । कतिको सपना भूकम्पको झड्काले घरमै पुरिदियो ।

    नागरिकका घर मात्र होइनन्, सडक, बाटोघाटो, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, सञ्चारमाध्यमसमेत भत्किए । भूकम्पमा परी घाइतेलाई सरकारले उद्धार गरी जीवन बचायो । उद्धारपछि केही घर फर्किसकेका छन् भने केहीको अझै पनि सुर्खेत, नेपालगन्ज र काठमाडौंका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    भूकम्प गएको तीन महिना पुग्नै लाग्दा अझै घरबारविहीन पीडित परिवार त्रिपालमुनि बस्न बाध्य छन् । भुइँको चिसो, माथिबाट शीतले गर्दा अधिकांश सुत्केरी, बालबालिका र दीर्घरोगी ज्येष्ठ नागरिक कष्टकर जीवन जिउन बाध्य छन् । विभिन्न गैरसरकारी संघसंस्था र सरकारी कार्यालयले भूकम्पपीडित परिवारका लागि दिने न्यानो कपडा, त्रिपाल, कम्बलसमेत पहुँचकै आधारमा जनप्रतिनिधिले वितरण गर्ने गरेका छन् ।

    घरबारविहीन बनेका भूकम्पपीडित तीन महिना बितिसक्दासमेत अझै पनि त्रिपालमुनि कष्टकर रात कटाउन बाध्य छन् । कतै त आगोको सहारा लिएर रात बिताइरहेका छन् । घर भत्किँदा त्रिपालमुनि बसेर रात बिताउनुपरेको भेरी नगरपालिका–१ का चन्द्रबहादुर कामी बताउँछन् ।

    ‘त्रिपाल त दियाँका छन्, तल भुइँमा चिसो छ, माथिबाट राति शीत झर्छ, भित्र आगो बालौं भने त्रिपाल पोलिने डर हुन्छ,’ उनी भन्छन्, ‘हामी त बाहिरै बसेर आगो तापेर रात काट्छौं, चिसोबाट गर्भवती, महिला, बालबालिका र दीर्घरोगी समस्यामा छन् ।’ जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिचन्द्र शर्माका अनुसार भूकम्प परी जाजरकोटमा १ सय १ जनाले ज्यान गुमाएका छन् । ‘चिसोले गर्दा मान्छे मरेको भनेर समाचार सुन्नमा आएको छ, चिसोले नै मान्छे मरेका हुन् भन्ने आधिकारिक तथ्यांक आइसकेको छैन,’ उनले भने, ‘चिसोले मरेका हुन् भन्ने स्वास्थ्यकर्मीले जानकारी दिनुपर्ने होइन र

    भेरीमा ४ सय ९७ अस्थायी टहरा निर्माण
    जाजरकोट भेरी नगरपालिकामा ४ सय ९७ अस्थायी टहरा निर्माण भइसकेको नगरपालिकाका सूचना अधिकारी सूर्य लम्सालले जानकारी दिए । उनका अनुसार भेरी नगरपालिकामा कुल १ हजार १ सय ५७ अस्थायी टहरा विभिन्न संघसंस्थाले निर्माण जिम्मा लिएका छन् ।

    त्यस्तै, ४ हजार ६ सय ५२ जनाले नगरपालिकाबाट टहरा निर्माणका लागि पहिलो किस्ता लगिसकेका छन् । डीसीए नेपालको आर्थिक सहयोगमा सोसेकले वडा नं. १ चौर, रावतगाउँमा सय जनालाई अस्थायी टहरा र शौचालय निर्माण जिम्मा लिएको थियो । अहिलेसम्म ४४ वटा निर्माण भइसकेका छन् भने बाँकी अस्थायी टहरा तथा शौचालय निर्माणधीन छन् ।

    डीसीएको ६९ लाख सहयोग
    डीसीए नेपालको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित जाजरकोट भूकम्प प्रतिकार्य परियोजनामार्फत जाजरकोट भेरी नगरपालिका–१ र ३ मा २ सय ६० र रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका १३ र १४ वडामा २ सय सुत्केरी तथा गर्भवती र दीर्घरोगीलाई नगद १५ हजार बहुउपयोग प्रयोजनका लागि सहयोग हस्तान्तरण गरिएको छ । दुई पालिकाका लागि नगद ६९ लाख हस्तान्तरण गरिएको छ भने सोसेक नेपालले दुई काउन्सिलर खटाएर पीडीतलाई मनोविमर्श

    दिइरहेको सोसेक नेपालले जनाएको छ । अस्थायी टहरा निर्माणपछि आफूहरुलाई सुविस्ता भएको भेरी नगरपालिका–१ चौरकी बालमति कामीले बताइन् ।

    ‘भूकम्पले मेरी सासूको पनि ज्यान लियो, सबै घर भत्कियो, म गाउँको आफन्तकहाँ बस्न गएकी थिएँ,’ उनले भनिन्, ‘यहाँ आउँदा घर भत्किएर सबै पुरिएका थिए, घाइते अवस्थामा गाउँलेले उद्धार गरे, तर सासूको भने मृत्यु भइसकेको रहेछ, अस्थायी घरटहरा पाए पनि त्यस दिनको भूकम्पले दिएको पीडा अझै कम भएको छैन ।’

    बेलमति मात्र होइन, सोही नगरपालिका–३ की सुत्केरी बविता केसीले नगद सहयोगले धेरै राहत पुग्ने बताइन् । ‘सुत्केरीलाई पोषण आवश्यकता हुन्छ, पैसा नहुँदा कहाँबाट ल्याउने ? भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘यस पैसाले बच्चाका लागि न्यानो कपडा र पोषणयुक्त खानेकुरा किनेर खाएँ ।’यो खबर राजधानी दैनिक बाट

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा…

    आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑