काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाइएको छ । पार्टीको संसदीय संरचनाभित्रको आन्तरिक निर्णयअनुसार उनलाई हटाएर नयाँ नेताको रूपमा कमला पन्तलाई जिम्मेवारी दिइएको हो । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई उक्त पदबाट हटाउँदै पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेका हुन्... विस्तृतमा