सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ।एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे मार्फत भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अनुसार बैंकको विद्युतीय व्यापार भुक्तानी प्रणालीमा आबद्ध रहेका तथा आबद्ध हुन चाहने व्यावसायिक ग्राहकहरूले अब विश्वभरका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट आफ्नो विद्युतीय व्यापार प्रणालीमार्फत सहज र सुरक्षित रूपमा भुक्तानी स्वीकार गर्न सक्नेछन्।
बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
एप्पल पे र गुगल पे विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित डिजिटल भुक्तानी माध्यम हुन्। यी सेवामार्फत प्रयोगकर्ताले भौतिक कार्ड प्रयोग नगरी मोबाइलमा सुरक्षित रूपमा कार्डको विवरण राखेर भुक्तानी गर्न सक्ने व्यवस्था हुन्छ।
नयाँ सेवाबाट विशेषगरी होटल, पर्यटन तथा भ्रमण, हस्तकला, हवाई सेवा, विद्युतीय व्यापार र सूचना प्रविधि क्षेत्रका व्यवसायी लाभान्वित हुने बैंकको अपेक्षा छ। बैंकको विद्युतीय व्यापार भुक्तानी प्रणालीमा आबद्ध व्यवसायीहरूले अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे तथा गुगल पे मार्फत भुक्तानी स्वीकार गर्न सक्नेछन्।
बैंकले यस सेवाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित भुक्तानी अनुभव उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, विद्युतीय व्यापार, सूचना प्रविधि तथा सामान निर्यात गर्ने व्यवसायका लागि अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी लिन यो सेवा उपयोगी हुने बैंकको भनाइ छ।
बैंकका अनुसार नयाँ सेवाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा कारोबार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावना बढाउनसमेत सहयोग पुर्याउन सक्छ।
नेपालमै पहिलोपटक सुरु गरिएको भनिएको यस भुक्तानी सेवाले भुक्तानी प्रक्रियालाई थप सहज र सुरक्षित बनाउनुका साथै व्यापारी ग्राहकको व्यवसाय विस्तारमा सहयोग पुग्ने तथा नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी **जयन्द्रबहादुर रावल**ले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा