• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

      मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

      ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

      माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

      चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने

      एनआईसी एशिया बैंकबाट नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे भुक्तानी सेवा

      मुख्यमन्त्री शाहीको सम्पत्ति सार्वजनिक, पैतृक सम्पत्ति धेरै

      आजदेखि जितिया पर्व सुरु

      संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन :प्रधानमन्त्री कार्यालय

      करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका लालबाबुले पाए १० लाख

      एकसय डिजिटल बोर्डमार्फत कांग्रेस महाधिवेशनको सूचना, तयारी अन्तिम चरणमा

      यस्तो छ प्रधानमन्त्री बालेनको २५ सदस्यीय सचिवालय टिम, कसलाई के जिम्मेवारी ?

      कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

      स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै

      गोरखबहादुर बिष्ट भन्छन् : कांग्रेस गुटबन्दी र आन्तरिक खिचातानीभन्दा माथि उठ्नुपर्छ

    होमपेज /  समाचार

    एकसय डिजिटल बोर्डमार्फत कांग्रेस महाधिवेशनको सूचना, तयारी अन्तिम चरणमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १६, शुक्रबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख सहर तथा बजारमा रहेका करिब एकसय डिजिटल बोर्डमार्फत प्रवाह गर्न थालिएको छ ।

    शुक्रबार १५औँ महाधिवेशन तयारीसम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहर बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट महाधिवेशनसम्बन्धी सूचना र सन्देश प्रवाह गर्न सुरु गरिएको बताए ।

    उनले भने, ‘प्राकृतिक विपद्मा परी हजारौं मानिस हराइरहेका छन् । सयौं घर परिवार बिछोडिएको छ । सयौं बालबालिका टुहुरा भएका छन् । यो परिवेशमा हुन लागेको महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय पार्टीले लिएको छ । कार्यक्रमस्थलमा एउटा मूलगेट बाहेक अरु कुनै प्रचार सामग्री शहर बजारमा टाँगिने छैन । तसर्थ, असोज १५ देखि काठमाण्डौ उपत्यकालगायत देशका प्रमुख शहर बजारमा रहेका करीव १०० डिजिटल बोर्डबाट पन्ध्रौ महाधिवेशन सम्बन्धी सूचना र सन्देशहरु प्रवाह गर्न शुरु गरिएको छ । महाधिवेशनमा हुने निर्वाचनमा उम्मेदवार हुने साथीहरुलाई पनि प्रचारप्रसारका डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टी आग्रह गर्दछ ।’

    केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको प्रवक्ता चालिसेले बताए ।

    उनले भने, ‘प्रतिनिधिहरु १८ गते उदघाटन सत्र, १९ र २० गते बन्द सत्र र २१ र २२ गते निर्वाचन प्रक्रियामा सहभागी हुनु हुनेछ । निर्वाचनको विस्तृत कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको छ ।’

    प्राकृतिक प्रकोपका कारण कांग्रेसको १५औँ महाधिवेशन दुई दिन ढिला गरी असोज १८ गतेदेखि सुरु हुँदैछ । यसअघि असोज १६ गतेका लागि कार्यक्रम निर्धारण गरिएको थियो ।

    उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेतृत्वलाई आमन्त्रण गरिएको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव श्याम पौडेल सहभागी हुने निश्चित भएको कांग्रेसले जनाएको छ ।

    अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् । अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता सुनिश्चित हुने क्रम जारी रहेको चालिसेले बताए ।

    महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका लागि विभिन्न १५ वटा समिति गठन गरिएको छ । उद्घाटनस्थल खुलामञ्चमा मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ भने बन्द सत्र सञ्चालनका लागि विभिन्न हलको तयारी भइरहेको छ ।

    कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने चालिसेले बताए ।

    आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिको बसोवासका लागि समन्वय गर्ने व्यवस्था मिलाएको छ । आवास तथा कार्यक्रमस्थलसम्मको आवतजावत खर्च सहभागी आफैंले बेहोर्ने व्यवस्था गरिएको छ ।

    आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ । सहभागीले यससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्नेछन् । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भने भृकुटीमण्डपमा गरिएको छ ।

    कांग्रेसले महाधिवेशनसम्बन्धी सूचना अद्यावधिक गर्न अब हरेक दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । शनिबारदेखि कार्यक्रमस्थलमा रहने मिडिया सेन्टरबाटै पत्रकार सम्मेलन गरिने प्रवक्ता चालिसेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

    ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

    चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने

    मुख्यमन्त्री शाहीको सम्पत्ति सार्वजनिक, पैतृक सम्पत्ति धेरै

    आजदेखि जितिया पर्व सुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै…

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै…

    ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई…

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    आर्थिक

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

    एनआईसी एशिया बैंकबाट नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे भुक्तानी सेवा

    करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका लालबाबुले पाए १० लाख

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑