• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

      मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

      ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

      माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

      चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने

      एनआईसी एशिया बैंकबाट नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे भुक्तानी सेवा

      मुख्यमन्त्री शाहीको सम्पत्ति सार्वजनिक, पैतृक सम्पत्ति धेरै

      आजदेखि जितिया पर्व सुरु

      संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन :प्रधानमन्त्री कार्यालय

      करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका लालबाबुले पाए १० लाख

      एकसय डिजिटल बोर्डमार्फत कांग्रेस महाधिवेशनको सूचना, तयारी अन्तिम चरणमा

      यस्तो छ प्रधानमन्त्री बालेनको २५ सदस्यीय सचिवालय टिम, कसलाई के जिम्मेवारी ?

      कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

      स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै

      गोरखबहादुर बिष्ट भन्छन् : कांग्रेस गुटबन्दी र आन्तरिक खिचातानीभन्दा माथि उठ्नुपर्छ

    होमपेज /  समाचार

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १६, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२ पटक पढिएको
  • काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपभोग्य वस्तुको गुणस्तर, मूल्य निर्धारण, आपूर्ति, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणका विषयमा छलफल भएको छ ।

    शुक्रबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मन्त्रालयको कार्यक्षेत्र उद्योगको उत्पादनदेखि आम नागरिकको भान्सासम्म प्रत्यक्ष जोडिएको भन्दै उत्पादन बढाउने, आयातमा रहेको अनावश्यक निर्भरता घटाउने, आपूर्ति प्रणाली सुरक्षित बनाउने र उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

    उनले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्र निकै व्यापक छ । तर यसको प्रत्यक्ष सम्बन्ध उद्योगको उत्पादनदेखि आम नागरिकको भान्सासम्म छ । त्यसैले हाम्रो सोच स्पष्ट हुनुपर्छ, उत्पादन बढाउने, आयातमा रहेको अनावश्यक निर्भरता घटाउने, आपूर्ति प्रणालीलाई सुरक्षित बनाउने र उपभोक्ताको अधिकार सुनिश्चित गर्ने ।’

    मन्त्री साहले पछिल्लो समय आम नागरिकले प्रत्यक्ष अनुभव गरेको प्रमुख समस्या एलपी ग्यासको आपूर्ति रहेको बताए । उनले ग्यासको आपूर्तिलाई बुलेटको संख्या मात्रका आधारमा नभई सम्पूर्ण आपूर्तिको रूपमा हेरेर काम भइरहेको जानकारी दिए ।

    समस्या पहिचानका लागि प्राविधिक विश्लेषण प्रयोग भइरहेको बताउँदै उनले आपूर्तिमा आयात, ढुवानी, सडक, रिफिलिङ क्षमता, भण्डारण, वितरण, मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षालगायतका पक्षको अध्ययन भइरहेको बताए ।

    एलपी आपूर्तिसम्बन्धी रणनीति तत्काल, मध्यम र दीर्घकालीन गरी तीन तहमा अघि बढाइएको उनको भनाइ छ ।

    उनले भने, ‘हाम्रो रणनीति तीन तहमा छ । तत्काल राहत, मध्यम अवधिमा प्रणाली सुधार र दीर्घकालीन ऊर्जा सुरक्षा । एलपीजीको भण्डारण क्षमता बढाउने, बोटलिङ तथा डिस्ट्रिब्युसन क्यापेसिटी सुधार गर्ने र इमर्जेन्सी स्टकको व्यवस्था गर्ने विषयमा पनि सरोकारवालासँग निरन्तर छलफल भइरहेको छ ।’

    दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री साहले बताए । उनले बढ्दो आयातप्रति प्रश्न उठाउँदै नेपाल उपभोगका लागि मात्र आयात गर्ने अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा जानुपर्ने धारणा राखे ।

    नेपालमा धान तथा मकै उत्पादनको तथ्याङ्क रहे पनि त्यसको यथार्थ अवस्था पहिचान गर्न स्याटेलाइट म्यापिङमार्फत अध्ययन गर्ने तयारी भइरहेको उनले बताए ।

    उनले भने, ‘नेपालमा सन् २०२१/२२ को तथ्याङ्कअनुसार करिब ५१ लाख मेट्रिक टन धान र ३१ लाख मेट्रिक टन मकै उत्पादन भएको थियो । तर यो तथ्याङ्कमै विश्वास गर्ने अवस्था छैन । यसको लागि हामीले स्याटेलाइट म्यापिङबाट उत्पादनको नापजाँच गर्ने पहल गर्न कोसिस गर्दैछौँ ।’

    मकैलाई उत्पादन, प्रशोधन र उपभोगको आधुनिक मूल्य शृङ्खलासँग जोड्नुपर्नेमा पनि मन्त्री साहले जोड दिए ।

    बजार अनुगमनको उद्देश्य व्यवसायीलाई त्रसित बनाउने नभइ स्वच्छ प्रतिस्पर्धा र उपभोक्ताको अधिकार सुनिश्चित गर्नु रहेको उनले बताए । कानुन उल्लङ्घन गर्ने जोसुकै भएपनि समान रूपमा कारबाही हुने उनको भनाइ छ ।

    मन्त्री साहले हालै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको विषय पनि समितिमा उल्लेख गरे । बजार अनुगमनलाई डाटा ड्रिभेन र जोखिममा आधारित बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

    दीर्घकालीन रूपमा नेपाललाई आयात गरेर उपभोग गर्ने अर्थतन्त्रबाट आफ्नै उत्पादन गरेर उपभोग गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने मन्त्री साहले बताए । बाँझो तथा कम उपयोग भएको जमिनमा मकै, कोदो, फापरलगायत स्थानीय तथा पोषणयुक्त बालीको उत्पादन र प्रशोधन बढाउनुपर्ने उनको भनाइ छ ।

    खाना पकाउन आयातित एलपीमा निर्भरता घटाउँदै स्वदेशी विद्युतको खपत बढाउनुपर्नेमा पनि मन्त्री साहले जोड दिए ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय ग्रिडको पहुँच ९७.६ प्रतिशत पुगेको र प्रतिव्यक्ति विद्युत् खपत ४६५ युनिट पुगेको तथ्याङ्क उल्लेख गर्दै उनले स्वदेशी विद्युत् खपत बढाउनुपर्ने बताए ।

    यस्तै बैठकमा उद्योग सचिवलगायत समितिका सदस्यहरूले उपभोग्य वस्तुको आपूर्ति, मूल्य नियन्त्रण, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

    ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

    चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने

    मुख्यमन्त्री शाहीको सम्पत्ति सार्वजनिक, पैतृक सम्पत्ति धेरै

    आजदेखि जितिया पर्व सुरु

    एकसय डिजिटल बोर्डमार्फत कांग्रेस महाधिवेशनको सूचना, तयारी अन्तिम चरणमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै…

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै…

    ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई…

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    आर्थिक

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

    एनआईसी एशिया बैंकबाट नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे भुक्तानी सेवा

    करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका लालबाबुले पाए १० लाख

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑