सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताए।
उनका अनुसार परिचालन हुनेमध्ये अधिकांश प्रहरी पोसाकमा र ७० जना सादा पोसाकमा खटिनेछन्। प्रहरीले उनीहरूलाई विभिन्न ९८ वटा सेक्टरमा विभाजन गरी जिम्मेवारीसमेत तोकेको छ।
थापाले भने, ‘चाडपर्वलक्षित सुरक्षा योजना सुरु गरिएको छ । जसका लागि प्रहरीले तीन हजार पाँच सय ६ जना प्रहरी परिचालन गरिने छ । तालुख कार्यालयबाट १९० जना प्रहरी जनशक्ति ल्याउने छौं । सहायता कक्षको लागि १४ स्थान अहिले नै तय गरिसकेको छौं । प्रहरी पोसाक र ७० जना सादा पोसाकमा हुनेछ । यी प्रहरीहरुलाई विभिन्न ९८ वटा सेक्टरमा विभाजन गरेर काम पनि विभाजन गरिएको छ ।’
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन १६६ वटा मोबाइल र भ्यानसमेत परिचालन गरिएको उनले जानकारी दिए।
उनका अनुसार काठमाडौंका विभिन्न स्थानमा गरी १ हजार २४२ स्थानमा सीसीटीभी जडान गरिएको छ ।
प्रहरीले हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पकेटमारी, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्रा ठगी तथा पेय पदार्थमा नशालु पदार्थ मिसाउनेलगायतका गतिविधिलाई चाडपर्वका समयमा हुन सक्ने सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
थापाले यिनै चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना बनाइएको बताए।
त्यस्तै, काठमाडौंका विभिन्न धार्मिक, सांस्कृतिक तथा परम्परागत मठमन्दिर, खाद्यान्न तथा खसी बजार, सार्वजनिक भिडभाड हुने स्थान, बसपार्क तथा सवारी व्यवस्थापन हुने ठाउँ, सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्था, सपिङ मल र गरगहना खरिद–बिक्री हुने क्षेत्रलाई समेत प्रहरीले सुरक्षा प्राथमिकताका आधारमा विभाजन गरेको छ।
यी स्थानमा आवश्यकताअनुसार प्रहरी परिचालन गरी चाडपर्वका समयमा सुरक्षा व्यवस्था मजबुत बनाइने प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा