• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलियो सरकार त पायौँ, तर शासन किन यति कमजोर गरिरहेछ ? : सांसद आङ्देम्बे

      नेपा एपले थप्यो दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ टुल्स

      संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

      यस्तो छ संसदमा पुगेको संघीय निजामती सेवा विधेयक (पूर्ण पाठ)

      समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न

      अविरल वर्षाले अवरुद्ध विद्युत् सेवा पुन:सञ्चालन

      तेलको मूल्य घट्यो

      छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान

      यसबर्ष दशैंमा नयाँ नोट पाइने, राष्ट्र बैंक धाउन नपर्ने, बैंककै शाखाबाट पाइने

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

      अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

      राष्ट्रियसभा बैठक बस्दै

      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

      दुइ वटा संसदीय समितिको बैठक बस्दै

    होमपेज /  आर्थिक

    नेपा एपले थप्यो दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ टुल्स

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो ।

    नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान गर्ने उपकरण, क्यूआर कोड स्क्यान गर्ने उपकरण, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण राख्ने उपकरण, एकाइ रूपान्तरण, हिसाब गर्ने उपकरण, टिपोट तथा सम्झना गराउने सुविधा, ऋण हिसाब गर्ने उपकरण, आफ्नो स्थान पत्ता लगाउने सुविधा र कर हिसाब गर्ने उपकरण लगायतका सुविधा समावेश गरिएको छ ।

    प्रयोगकर्ताले पीडीएफ कागजात स्क्यान गर्ने उपकरणमार्फत मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ बनाउन सक्नेछन् भने क्यूआर कोड स्क्यान गर्ने उपकरणबाट विभिन्न क्यूआर कोड सजिलै स्क्यान गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेट गति परीक्षण सुविधामार्फत मोबाइलको इन्टरनेट गति परीक्षण गर्न सकिनेछ ।

    विशेषगरी महिलाहरूका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने उपकरणमार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिहरूको विवरण राख्न सकिनेछ। साथै, महिनावारी हुन सक्ने सम्भावित दिनको जानकारी तथा सम्झना गराउने सूचना प्राप्त गर्न सकिनेछ । एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणले दैनिक आवश्यक पर्ने सामान्य गणना तथा विभिन्न एकाइको रूपान्तरणलाई सहज बनाउनेछन् ।

    त्यसैगरी, टिपोट तथा सम्झना गराउने सुविधामार्फत महत्वपूर्ण कुराहरू लेखेर सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झनका लागि सूचना निर्धारण गर्न सकिनेछ । प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण जानकारीलाई आवाजको टिपोटका रूपमा समेत सुरक्षित गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ ।

    ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य हिसाब गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ। त्यस्तै, स्थान साझेदारी सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्थानसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

    नेपा एपका अनुसार नयाँ उपकरण थप गर्नुको उद्देश्य नेपाली प्रयोगकर्ताले दैनिक रूपमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवाहरू एउटै एपबाट सहज रूपमा प्रयोग गर्न सकून् भन्ने हो । आगामी दिनमा पनि प्रयोगकर्ताको आवश्यकता र सुझावअनुसार थप उपयोगी सुविधा तथा उपकरणहरू थप गर्दै जाने एपले जनाएको छ ।

    नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो, चर्चामा रहेका विषय तथा अन्य विभिन्न सामग्री उपलब्ध हुँदै आएका छन् । नयाँ उपकरण र आगामी सुविधाहरू थपिएसँगै एपले नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता तथा उपयोगी जानकारीलाई एउटै माध्यममा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

    आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको कारोबार

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलियो सरकार त पायौँ, तर शासन किन यति…

    नेपा एपले थप्यो दैनिक जीवनमा उपयोगी हुने १०…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    यस्तो छ संसदमा पुगेको संघीय निजामती सेवा विधेयक…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    आर्थिक

    नेपा एपले थप्यो दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ टुल्स

    पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑