सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार घटनामा मृत्यु भएका चालकले दावा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने तथ्यहरू अनुसन्धानका क्रममा खुलेका छन् । यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार भएको घटनामा समेत अर्जुनले दावा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरेले बताए ।
प्रहरीका अनुसार अर्जुनले अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा विभिन्न कागजातसमेत प्रयोग गरेको हुन सक्ने देखिएको छ । ती कागजातको प्रयोग, पहिचान र घटनासँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, त्रिपुरेश्वरमा भएको बस आगलागी घटनाको अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ । घटनामा बस पूर्ण रूपमा जलेको थियो भने चालक अर्जुनको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा