• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पुराना दलका नेताहरूलाई सुध्रिन गृहमन्त्री गुरुङको चेतावनी

      कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं

      हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

      जेनजी युवाहरू सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा आएका थिए : मन्त्री गौतम

      सहीद परिवारलाई सुनारको सान्तवना : ‘तिम्रो छोराले गोली खाएर देशले सिटामोल खान पायो’

      जेनजी शहीदलाई सम्झिन गएनन् प्रधानमन्त्री बालेन, शहीद परिवारको रुवावाँसी, को को पुगे ?

      जेनजी आन्दोलन ‘नयाँ जागरणको विस्फोट’ थियो : रवि लामिछाने

      चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै

      गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

      चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

      बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह

      जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी कार्यक्रममा उठाए सरकारविरुद्ध आवाज

      एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

      नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

      क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन बर्ष दिनपछि पनि उस्तै

    होमपेज /  अन्य

    कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २३, मंगलबार (४५ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २० पटक पढिएको
  • विराटनगर । सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ ।

    २०८२ भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भयो । त्यस क्रममा ज्यान गुमाउनेमध्ये कोशी प्रदेशका मात्रै ११ जना रहेका थिए ।

    सरकारले ०८२ कात्तिक १७ गते मन्त्रिपरिषद्को निर्णयबाट आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको थियो ।

    शहीद घोषणा गरिएका कोशीका ११ जनामा उदयपुरका सन्तोष विश्वकर्मा र सारकुमार राई, मोरङका श्रीयम चौलागाईं, सुनसरीका अभिषेक श्रेष्ठ, मोहन सरदार र साजन राई, धनकुटाका छत्रमान कुथुमी, संखुवासभाका प्रविण कुलुङ, झापाका ज्ञानिन्द्र सेढाई र दिनेश राजवंशी तथा पाँचथरका कमल भण्डारी रहेका छन् ।

    आन्दोलनको एक वर्षपछि पनि ती घटनाको स्मृति मेटिएको छैन । बरु आन्दोलनका क्रममा भएका घटनाको प्रकृति, सुरक्षाकर्मीको बल प्रयोग, मृत्युको वास्तविक संख्या तथा घटनाको जिम्मेवारीका विषयमा प्रश्नहरू अझै बहसमा छन् ।

    लिओ क्लब अफ इटहरी (सुनसरी)की अध्यक्ष सर्मिला कार्की भदौ २३ को त्यो भयावह दृश्य सम्झिँदा आज पनि मन भारी हुने बताउँछिन् ।

    ‘आफ्नै आँखाअगाडि दुई जनालाई छातीमा गोली लागेर ढलेको देखेको त्यो दिन बिर्सन निकै गाह्रो छ । तर, जनताले उठाएको आवाज र दिएको बलिदानले परिवर्तनप्रतिको आशा भने जीवितै राखेको छ,’ कार्की भन्छिन् ।

    आन्दोलनले जगाएको अपेक्षा र त्यसयता भएका राजनीतिक परिवर्तनलाई भने मोरङका भोजराज रिजाल पूर्ण सफलता वा असफलताको दृष्टिले मात्र हेर्न नहुने बताउँछन् ।

    ‘युवाको आवाज र सुशासनलाई राजनीतिक बहसको केन्द्रमा ल्याउनु ठूलो उपलब्धि हो । तर रोजगारी, शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सोचेजस्तो गति छैन । जनताको विश्वास भाषणले होइन, कामले टिक्छ,’ रिजालको तर्क छ ।

    उनका अनुसार आन्दोलनले राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई जवाफदेहिताको प्रश्नमा दबाब सिर्जना गरे पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तनको गति अझै पर्याप्त देखिएको छैन ।

    रोटर्याक्ट क्लब अफ मेचीनगर (झापा) का अध्यक्ष आदेश केसी नयाँ सरकारसँग नागरिकको अपेक्षा धेरै भए पनि त्यसअनुसारका ठोस कदम अझै पर्याप्त देखिन नसकेको बताउँछन् ।

    ‘कामभन्दा आफ्नो छवि र ‘फेस भ्यालु’ बढाउन बढी ध्यान गएको जस्तो लाग्छ । आफ्नो कमजोरी लुकाउन विगतका ३५ वर्षको भाष्य दोहो¥याएर मात्र पुग्दैन, अब परिणाम देखिनुपर्छ,’ केसी भन्छन् ।

    सरकारप्रति आशा कायम रहेपनि अन्धसमर्थन बढ्दै जानु लोकतन्त्रका लागि चिन्ताको विषय भएको उनको भनाइ छ । सरकारबाट हुने गल्तीप्रति प्रश्न उठाउने र आलोचना गर्ने वातावरण लोकतन्त्रको अनिवार्य पक्ष भएको केसी बताउँछन् ।

    उदयपुरका साजन श्रेष्ठ भने जेनजी आन्दोलनले उठाएका मूल मुद्दामध्ये एक वर्षको अवधिमा १० प्रतिशत पनि पूरा हुन नसकेको बताउँछन् । यद्यपि, परिवर्तनको मूल्यांकन एक वर्षमै गरिहाल्नु उचित नहुने उनको धारणा छ ।

    पछिल्लो समय मुलुकले भोग्नुपरेका प्राकृतिक प्रकोपले विकास र परिवर्तनको गतिलाई थप पछाडि धकेलेको उनको भनाइ छ ।

    त्यसैले आन्दोलनले उठाएका मुद्दा कति पूरा भए भन्ने प्रश्नसँगै आगामी दिनमा ती मुद्दालाई कसरी संस्थागत र दिगो रूपमा कार्यान्वयन गरिन्छ भन्ने विषयलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनी बताउँछन् ।

    तेह्रथुमका सुजन गौतम भने पार्टीभन्दा ठूलो देश र नेताभन्दा ठूलो जनता हुन् भन्ने मान्यता राख्छन् । कुनै पार्टीको पक्ष वा विपक्षमा नभई आफ्ना अनुभवका आधारमा धारणा राख्दै गौतम आन्दोलनले नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्याएको बताउँछन् ।

    ‘आज एक वर्ष पुग्दा पनि कतिपय घाइते आफ्नो न्याय र अधिकारका लागि सिंहदरबार धाउनुपर्ने अवस्था हुनु आफैँमा गम्भीर प्रश्न हो,’ गौतम भन्छन् ।

    उनका अनुसार आन्दोलनले राजनीतिक परिवर्तनको आधार तयार गरे पनि त्यस क्रममा उठाइएका सवाल र आन्दोलनका क्रममा पीडित बनेकाहरूको न्यायका विषयमा राज्य अझै गम्भीर हुन आवश्यक छ ।

    कोशीका ११ युवाको नाम अब सरकारी अभिलेखमा शहीदका रूपमा दर्ज भएको छ । तर उनीहरूको बलिदान केवल नामावलीमा सीमित नरहोस् भन्ने अपेक्षा आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवार, घाइते तथा नयाँ पुस्तामा अझै जीवित छ ।

    आन्दोलनले उठाएका सवाललाई व्यवहारमा कार्यान्वयन गर्दै नागरिकले अनुभूति गर्ने परिवर्तन ल्याउनु नै अब त्यसको वास्तविक उपलब्धिको मापन बन्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पुराना दलका नेताहरूलाई सुध्रिन गृहमन्त्री गुरुङको चेतावनी

    जेनजी शहीदलाई सम्झिन गएनन् प्रधानमन्त्री बालेन, शहीद परिवारको रुवावाँसी, को को पुगे ?

    जेनजीको ढाडमा चढेर मन्त्री बनेकी सोबिता भन्छिन्: ‘स्मरण मात्र होइन, फेरि नदोहोरिने संकल्प गरौँ’

    जेनजी आन्दोलनपछि ‘एकथरिले सत्ता पाए, अर्काथरिले पीडा मात्र’ : कांग्रेस सहमहामन्त्री संग्रौला

    गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

    परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुराना दलका नेताहरूलाई सुध्रिन गृहमन्त्री गुरुङको चेतावनी

    कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै,…

    हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ :…

    जेनजी युवाहरू सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा…

    जेनजी आन्दोलन ‘नयाँ जागरणको विस्फोट’ थियो : रवि…

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन…

    राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

    आर्थिक

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑