सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हालै आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत क्षति पुगेको छ।
तत्कालीन उद्धार तथा राहतका कामहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला प्रभावित समुदायलाई दीर्घकालीन सहयोग आवश्यक रहेको बैंकले जनाएको छ।
बैंकले आफ्नो योगदानमार्फत प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन तथा पुनर्निर्माणका प्रयासलाई अघि बढाउन सञ्चालन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना अभियानमा सहयोग गर्ने उद्देश्य रहेको जनाएको छ।
बैंकले बाढी तथा विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सबैप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धारकर्मी, राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको छ।
लक्ष्मी सनराइज बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको जनाउँदै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा