सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता १२ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । साताको सुरुवातमा बजारमा ठूलो गिरावट आए पनि त्यसपछिका तीन कारोबार दिन भने नेप्से क्रमशः सुधारतर्फ फर्किएको थियो ।
सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको थियो । त्यसपछि मंगलबार ९.२४ अंक, बुधबार १५.४४ अंक र बिहीबार ४.६६ अंकले बजार बढ्यो । यद्यपि, अघिल्लो साताको अन्तिम विन्दु २ हजार ५५७.३१ को तुलनामा यो साता नेप्से १४.५४ अंकले घटेर बन्द भएको छ ।
यस साता नेप्सेमा कुल १२ अर्ब ८१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल २ करोड ८५ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १ लाख ९३ हजारभन्दा बढी कारोबार भएका छन् ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुर्याएपछि त्यसको प्रभाव सेयर बजारमा समेत देखिएको छ । विशेषगरी बीमा र जलविद्युत समूहका सूचकमा दबाब परेको छ ।
जीवन बीमा उपसूचक १०३.७९ अंकले घटेर ११ हजार १८१.२४ विन्दुमा बन्द भएको छ । त्यस्तै, निर्जीवन बीमा उपसूचक ४४३.०७ अंक अर्थात् ४.५५ प्रतिशतले घटेर ९ हजार २९०.७० विन्दुमा झरेको छ ।
जलविद्युत उपसूचक पनि ४४.६२ अंक अर्थात् १.२६ प्रतिशतले घटेर ३ हजार ४९६.८७ विन्दुमा बन्द भएको छ । तर कारोबार रकमका आधारमा भने जलविद्युत समूह सबैभन्दा अगाडि रह्यो । यस समूहमा मात्रै ६ अर्ब २ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
वाणिज्य बैंक उपसूचक भने साताको अन्त्यमा सामान्य सुधारसहित बन्द भएको छ । अघिल्लो साताको तुलनामा बैंकिङ समूह २.१३ अंक अर्थात् ०.१५ प्रतिशतले बढेर १ हजार ४३०.६५ विन्दुमा पुगेको छ ।
विकास बैंक उपसूचक ३.६४ अंकले घटेको छ भने फाइनान्स समूह १३.७० अंकले ओरालो लागेको छ । लघुवित्त उपसूचक पनि १६.१८ अंक अर्थात् ०.३७ प्रतिशतले घटेको छ ।
यो साता उत्पादन तथा प्रशोधन समूहमा भने सुधार देखिएको छ । उक्त उपसूचक ६७.१३ अंक अर्थात् ०.६४ प्रतिशतले बढेर १० हजार ४७९.१५ विन्दुमा पुगेको छ ।
लगानी समूह १.१२ प्रतिशतले बढेको छ भने व्यापार समूह पनि २५.१२ अंकले उकालो लागेको छ । यता होटल तथा पर्यटन समूह १००.६० अंक अर्थात् १.४० प्रतिशतले घटेको छ ।
अन्य समूह २.३५ प्रतिशतले घट्दा सामूहिक लगानी कोषको उपसूचक पनि ०.६६ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा, साताको पहिलो दिनको ठूलो गिरावटपछि नेप्सेले लगातार तीन दिन सुधारको बाटो समाते पनि बजारले अघिल्लो साताको स्तर कायम गर्न सकेन । भोटेकोशी बाढीपछि जलविद्युत तथा बीमा कम्पनीमा देखिएको दबाबले समेत समग्र बजारको वृद्धिलाई प्रभावित गरेको देखिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा