सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा बढीको आर्थिक सहयोग
रामेछाप । गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै रामेछापका चारवटा स्थानीय तहले ६६ लाख ६ हजार ४ सय ७० बराबरको सहायता रकम घोषणा गरेका छन् ।
बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सो रकम जम्मा गर्ने निर्णय गरेका हुन् ।
पीडितको लागि रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरूको १० दिनको पारिश्रमिक, कर्मचारी तथा शिक्षकहरूको तोकिएबमोजिमको रकम र प्रकोप व्यवस्थापन कोष समेतबाट गरी सबैभन्दा बढी ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।
गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख, जनप्रतिनिधिहरूको १० प्रतिशत पारिश्रमिक ३९ हजार ३५० र गाउँपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरूको तलब योगदान २० लाख ६७ हजार १२० गरी कुल रु. २२ लाख ६ हजार ४ सय ७० कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
यसका साथै गाउँपालिकाले आफ्नै क्षेत्रभित्रका बेपत्ता नागरिकका पीडित परिवारलाई खोजतलास खर्चका लागि प्रतिपरिवार रु. २५ हजारका दरले अलग्गै राहत दिनेसमेत जनाएको छ ।
खाँडादेवी गाउँपालिका ः गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख सहयोग गर्ने निर्णय गरेको छ । साथै अधिकृत, सहायक र सहयोगी कर्मचारीहरूको १ देखि ५ दिनसम्मको तलब संकलन गरी थप रकमसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सुनापति गाउँपालिकाले बाढीपीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र २ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
चारै स्थानीय तहले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै, बेपत्ताहरूको शीघ्र खोजी, घाइतेहरूको उपचार तथा विपद्को यस कठिन परिस्थितिमा सबै पक्षलाई उच्च सतर्कता अपनाउन र सहयोगमा जुट्न अपिलसमेत गरेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा