• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जन्माष्टमीको अवसरमा गोठाटारमा रहेको कृष्ण मन्दिरमा भक्तजनको चहलपहल

      ‘इन्जिनियरिङ हिसाबले ठूलो सफलता मिल्यो’ : सांसद सागर ढकाल

      बाढि पिडितको उद्धारमा खटिएका भरत खवास मेजरमा बढुवा

      बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा बढीको आर्थिक सहयोग

      भोटेकोशी बाढीमा हराएकाहरूको खोजीमा १२ वर्षीय विवेक, टिचिङ अस्पतालमा फोटो टाँस्दै

      बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

      सहकारी नियमनमा देखिएको दोहोरोपन हटाउन दुई छुट्टाछुट्टै ऐन ल्याउँदैछौँ : सचिव भुजेल

      भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

      भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

      लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

      गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

      जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

      भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

      नुवाकोट बेत्रावती: ड्रोनबाट देखिएको पछिल्लो अवस्था

      आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    होमपेज /  समाचार

    बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १९, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ ।

    शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो ।

    कम्पनीले गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट ल्याएको यो जहाज आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी सेवामा उतारेको हो ।

    पूर्ण ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट र आधुनिक नेभिगेसन प्रणालीले सुसज्जित यस जहाजमा ‘आरएनपी–एआर’ प्रविधि जडान गरिएकाले कम भिजिबिलिटीको अवस्थामा पनि सुरक्षित उडान र अवतरण गर्न सहज हुनेछ ।

    वातावरणीय दृष्टिकोणले कम इन्धन खपत गर्ने र कम ध्वनि प्रदूषण गर्ने यो जहाजमा पुराना सिरिजका तुलनामा यात्रु सिट र ओभरहेड बिन फराकिला छन् ।

    हाल बुध्द एयरसँग १४ वटा एटीआर–७२–५०० र १ वटा एटीआर–७२–६०० गरी कुल १५ वटा जहाज सञ्चालनमा छन् । कम्पनीले निकट भविष्यमै थप एक एटीआर–७२–६०० जहाज भित्र्याउने तयारी गरेको छ ।

    बुध्द एयरले दैनिक १४० भन्दा बढी आन्तरिक उडानका साथै भारतको वाराणसी र कोलकातामा समेत नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

    चाडपर्वसम्म सस्तो भाडादर र निःशुल्क राहत ढुवानी

    यसैबीच, भदौ १० मा रसुवालगायत क्षेत्रमा आएको भीषण बाढीका कारण राजमार्गहरू अवरुद्ध भएपछि कम्पनीले दशैं, तिहार र छठपर्वसम्म न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

    बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले प्राकृतिक विपत्तिका बेला हवाई सेवामार्फत यात्रुलाई सहज विकल्प दिनु कम्पनीको दायित्व भएको बताउँदै नाफा–घाटाभन्दा नागरिकको सेवालाई प्राथमिकता दिएको बताएका छन् ।

    पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्य ९६ प्रतिशतले बढेर प्रतिलिटर २४९ रुपैयाँ पुग्दा पनि कम्पनीले आर्थिक भार आफैं बेहोरेर काठमाडौं–भैरहवाको भाडादर १४ प्रतिशत मात्र बढाएर ६ हजार ५ सय रुपैयाँ कायम राखेको छ ।

    साथै, बाढीपहिरो प्रभावित क्षेत्रका लागि कम्पनीले देशका विभिन्न जिल्लाबाट हालसम्म ७ हजार ३ सय २२ केजी राहत सामग्री निःशुल्क ढुवानी गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘इन्जिनियरिङ हिसाबले ठूलो सफलता मिल्यो’ : सांसद सागर ढकाल

    बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा बढीको आर्थिक सहयोग

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

    भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

    जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

    भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जन्माष्टमीको अवसरमा गोठाटारमा रहेको कृष्ण मन्दिरमा भक्तजनको चहलपहल

    ‘इन्जिनियरिङ हिसाबले ठूलो सफलता मिल्यो’ : सांसद सागर…

    बाढि पिडितको उद्धारमा खटिएका भरत खवास मेजरमा बढुवा

    बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा…

    आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ…

    ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

    परराष्ट्र मन्त्रालयले भन्यो-अन्तर्राष्ट्रिय सहयोगमा उद्धार कार्य तीव्र

    आर्थिक

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑