सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि चीनतर्फ फसेका नेपालीमध्ये थप १५५ जना शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् ।
भदौ १० गते आएको बाढीका कारण चीनतर्फ फसेका नेपालीलाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।
बिहीबार ११४ जना नेपाली स्वदेश फर्किएका थिए । शुक्रबार थप १५५ जना नेपाल आएपछि दुई दिनमा स्वदेश फर्किने नेपालीको संख्या २९६ पुगेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक छन् । त्यस्तै धादिङका एक जना र काठमाडौंका नौ जना रहेका छन् ।
चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
बाढीका कारण चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउन तातोपानी नाका प्रयोग भइरहेको छ । पहिलो दिन फर्किएका नागरिकलाई भोटेकोशी गाउँपालिकाले काठमाडौंसम्म पुग्न यातायातको व्यवस्था गरेको थियो भने शुक्रबार फर्किएका नागरिकका लागि उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ ।
सरकारका अनुसार बाढीपछि चीनतर्फ करिब ८ सय नेपाली फसेका छन् । उनीहरूलाई चिनियाँ पक्षसँगको समन्वयमा क्रमशः तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रक्रिया जारी रहेको छ ।
बाढीका कारण लामो समयदेखि चीनतर्फ रोकिएका नेपालीहरू क्रमशः स्वदेश फर्किन थालेपछि आफन्तमा समेत राहतको महसुस भएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा