सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार अनुसन्धानका लागि थप म्याद दिने आदेश गरेको हो।
सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार चौथो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
यसअघि अदालतले असार ९ गते पहिलो पटक तीन दिन, असार १५ गते दोस्रो पटक तीन दिन र असार १८ गते तेस्रो पटक छ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पछिल्लो आदेशसँगै उनीमाथिको अनुसन्धान थप पाँच दिन जारी रहने भएको छ।
सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलमाथि पदको दुरुपयोग गरी हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।
विभागले वित्तीय कारोबार, सम्पत्तिको स्रोत तथा सेयर लगानीसँग सम्बन्धित कागजात र प्रमाण संकलन गर्दै अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ। मुद्दासम्बन्धी अन्तिम निष्कर्ष अनुसन्धान पूरा भएपछि मात्र तय हुने विभागको भनाइ छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा