सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिमा उल्लेख गरिएको सुनको आर्जन स्रोत सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको सय दिने कार्यसूचीमा समावेश गरिएको सम्पत्ति छानबिन आयोग गठनको विषय स्मरण गराउँदै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे स्पष्ट पार्नुपर्ने बताए।
प्रधानमन्त्रीको सम्पत्ति विवरणमा करिब दुई सय तोला सुन उल्लेख भएको दाबी गर्दै आङदेम्बेले मन्त्रीहरूको सम्पत्ति विवरणमा पनि उल्लेख्य मात्रामा सुन रहेको भन्दै त्यसको स्रोतबारे जनताले उत्तर खोजिरहेको बताए।
‘प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन देखिएको छ। मन्त्रीहरूको सम्पत्ति विवरणमा पनि सुन छ। यसको आर्जनको स्रोत के हो भनेर जनता सोधिरहेका छन्। त्यसबारे जनताले जान्न पाउनुपर्छ,’ उनले भने।
आङदेम्बेले सुकुम्बासी व्यवस्थापनको नाममा बल प्रयोग गरिएको भन्दै सरकारको आलोचना पनि गरे। व्यवस्थापनको नाममा सुकुम्बासी बस्ती हटाएर अस्थायी आश्रयस्थलमा राख्ने र पछि त्यहाँबाट पनि रातारात हटाउने कार्य अमानवीय भएको उनको भनाइ थियो।
‘के यो देश कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालो गाडीमा हुइँकिनेहरूको मात्रै हो ? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको यो देश होइन ?’ भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।
उनले सुकुम्बासी समस्या समाधान गर्दा शक्ति प्रदर्शनभन्दा मानव मर्यादा, संवेदनशीलता र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा