सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भएको बताएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले किसानले वर्षभरि खानका लागि लगाएको अन्नबाली खेतबारीमै नष्ट गर्ने मात्र नभइ घरभित्र भण्डारण गरेर राखिएको अन्नसमेत बाँदरले खाइदिएर दुख दिएको बताइन् ।
उनले भनिन्, ‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसानहरू गाउँ छाडेर हिँड्न बाध्य भएका छन् । किसानले वर्षभरी खानको लागि लगाउने अन्नबाली खेतबारीमा मात्र पसेर होइन, घर भित्र राखेको अन्नबाली समेत पसेर खाइदिने गरेको छ ।’
‘एक्लै हिड्डुल गर्दा पनि बाँदरको आक्रमण हुने गरेकाले एक्लै हिड्न डराउनपर्ने अवस्था छ,’ उनले भनिन् ‘बाँदर बँदेल र हत्तीको नियन्त्रण गर्न सरकारले तुरुन्त कदम चालोस् ।’
उनले बाँदर, बँदेल र हात्तीलाई तत्काल नियन्त्रण गर्नको लागि प्रभावकारी कदम चाल्न आग्रह गरेकी हुन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा