• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘अलगै लेभलका बन्दा’ भनेको तीन दिनमै प्रधानमन्त्री बालेनमाथि खनिए सीके राउत

      ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

      पासपोर्ट ठेक्का काण्डमा नयाँ खुलासा, बयानमा ओलीको निर्देशनको दाबी

      रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

      वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

      सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिएपनि नीतिगत अवरोध कायम

      ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

      रोकिएन नेप्सेको ओरालो यात्राः १४ अंकले घटेस“गै २६ सय विन्दुमा बजार

      सिट बढाउने निर्णय फिर्ता नलिए अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

      गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च पुगिन् विष्णु पौडेलकी श्रीमती

      रास्वपालाई केही भयो भने देशलाई असर पर्छ : सुलभ खरेल

      बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

      न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

      रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

      सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’

    होमपेज /  आर्थिक

    रोकिएन नेप्सेको ओरालो यात्राः १४ अंकले घटेस“गै २६ सय विन्दुमा बजार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १०, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ। बुधबार नेप्से १४.४५ अंक अर्थात् ०.५४ प्रतिशतले घट्दै २६६०.०२ विन्दुमा बन्द भएको हो। यसअघि मंगलबार पनि नेप्से २६.१६ अंकले घटेको थियो।

    दिनभर उतारचढावपूर्ण कारोबार देखिए पनि बजार अन्त्यमा नकारात्मक दिशातर्फ झुकेको हो। यद्यपि, कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। आज कुल ३३८ कम्पनीका एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटक किनबेच हुँदा चार अर्ब ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन चार अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

    बजारमा अधिकांश कम्पनीका सेयरमूल्य घटेका छन्। आज केवल ६२ कम्पनीका सेयरमूल्य बढ्दा २०२ कम्पनीका सेयरमूल्य घटेका छन् भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। यसले लगानीकर्ताको मनोबल अझै कमजोर रहेको संकेत गरेको छ।

    १३ वटा उपसमूहमध्ये फाइनान्स र व्यापार समूह मात्रै हरियो देखिए। फाइनान्स समूहको सूचक ०.१९ प्रतिशत र व्यापार समूहको सूचक ०.८१ प्रतिशतले बढेको छ। बाँकी ११ उपसमूह भने राताम्मे बनेका छन्।

    सबैभन्दा बढी गिरावट उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ, जसको सूचक १.१० प्रतिशतले घट्यो। त्यस्तै अन्य समूह १.०२ प्रतिशत, निर्जीवन बिमा ०.६४ प्रतिशत, होटल तथा पर्यटन ०.६२ प्रतिशत, जलविद्युत् ०.६२ प्रतिशत, विकास बैंक ०.५७ प्रतिशत तथा वाणिज्य बैंक समूह ०.४८ प्रतिशतले ओरालो लागेका छन्।

    व्यक्तिगत कम्पनीतर्फ भने केही सेयरमा उत्साहजनक प्रदर्शन देखिएको छ। टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतसम्म आम्दानी गरेका छन्। यी दुवै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

    विपरीत रूपमा, सोपान फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.०५ प्रतिशत घाटा व्यहोरेका छन्।

    कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको २९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    यस्तै कारोबार भएको सेयर संख्याका आधारमा कुमारी धनवृद्धि योजना शीर्ष स्थानमा रह्यो। उक्त योजनाको ९ लाख ६ हजार ७०० युनिट कारोबार हुँदा प्रतियुनिट अन्तिम मूल्य १० रुपैयाँ ९५ पैसा कायम भएको छ।

    लगातार दोस्रो दिनको गिरावटले बजारमा बिक्री दबाब अझै कायम रहेको संकेत गरेको छ। यद्यपि कारोबार रकम स्थिर रहनु र केही कम्पनीमा सकारात्मक सर्किट लाग्नुले लगानीकर्ताहरू चयनात्मक रूपमा सक्रिय रहेको देखिन्छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

    सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिएपनि नीतिगत अवरोध कायम

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘अलगै लेभलका बन्दा’ भनेको तीन दिनमै प्रधानमन्त्री बालेनमाथि…

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    पासपोर्ट ठेक्का काण्डमा नयाँ खुलासा, बयानमा ओलीको निर्देशनको…

    रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    आर्थिक

    वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

    सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिएपनि नीतिगत अवरोध कायम

    रोकिएन नेप्सेको ओरालो यात्राः १४ अंकले घटेस“गै २६ सय विन्दुमा बजार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑