सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।
सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोगपत्र संशोधन गर्दै सङ्गठित अपराधको कसुर फिर्ता लिन निवेदन दिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अभियोग फिर्ता लिन अनुमति दिएको हो।
यद्यपि, अदालतले लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अभियोग भने कायम राख्ने आदेश दिएको छ। यससँगै उनीमाथि सहकारी ठगी मुद्दाको कानुनी प्रक्रिया भने यथावत् अघि बढ्ने भएको छ।
सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा लामिछानेसहित अन्य प्रतिवादीहरूविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी अभियोग दायर गरिएको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा