• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २२, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने सरकारको निर्णय

      धरानबाट बरामद ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

      कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

      एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

      विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

      मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज कार्यालयको स्थापना

      कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

      झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

      समाचार स्रोत खोल्न पत्रकारलाई बाध्य पार्नु लोकतन्त्रमाथिकै क्षति : दाहाल

      डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

      आज काग तिहार मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा गर्ने धार्मिक परम्परा

      गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

      प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

      जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

    होमपेज /  राजनीती

    नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ५, शुक्रबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १५० पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए ।

    उनले भने,‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा छौं । आइटी प्रयोग गर्ने सन्दर्भमा आइटी सेना वा एउटा बिशाल आइटी फौज तयार गर्नुपर्ने नै भयो । पार्टीलाई सुदृढ, विस्तार गर्ने र नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउनको लागि विशाल आइटी आर्मी चाहियो । यो कम्युनिष्टहरुले मात्रै सक्ने कुरा हो । लाखौं जनतालाई गोलबद्ध गरेर त्यस्तो फौज तयार पार्ने कुरा कम्युनिष्ट र देशलाई माया गर्ने पक्षधरहरु नै गर्न सक्ने कुरा हो ।’

    उननले डिजिटल क्षेत्रमा लगानी कम भएको भन्दै चुनावी खर्चसँग तुलना गर्दै असन्तुष्टि पनि व्यक्त गरे।

    उनले भने, ‘चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो। एउटै निर्वाचन क्षेत्रमा करोडौं खर्च भएको छ, त्यही रकमको आधा आईटीमा लगाएको भए परिणाम फरक हुन सक्थ्यो।’

    कार्यक्रममा उनले पार्टीलाई जनताको पक्षमा अझ मजबुत बनाउने र डिजिटल माध्यमबाट जनसंगठन विस्तार गर्ने योजना रहेको पनि बताए।

    साथै उनले वर्तमान सरकारको नीति तथा कार्यक्रमप्रति आलोचना गर्दै सरकार गरिब, मजदुर र किसानको हितभन्दा बढी उच्च वर्गको हितमा केन्द्रित भएको आरोप लगाए।

    ‘सरकारको नीति कार्यक्रम, बजेट र अन्य सबै निर्णय सबैले सरकार नेपालका गरिब दुखी ,मजदुर किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको छ । उच्च वर्गको हित रक्षा गर्ने कुरामा केन्द्रीत छ भन्ने कुरा प्रष्ट देखिएको छ,’उनले भने ।

    उनले प्रतिक्रियावादीहरुलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरी नयाँ सोच र जोशकासाथ अघि बढ्न पार्टीका सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

    पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

    प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

    श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

    गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार स्वीकार्य छैन’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने…

    धरानबाट बरामद ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ…

    कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण…

    एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑