• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

      अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

      आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

      चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

      चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

      आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

      अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

      खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

      विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

      नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

      पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी

      उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह

      चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

      क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो

      सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

    होमपेज /  मुख्य समाचार

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ४, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ्ग यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमण गरेका हुन्।

    भ्रमणका क्रममा जुन १५ मा बेइजिङमा चीनका विदेशमन्त्री वाङ्ग यीसँग मन्त्री खनालको द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–चीन सम्बन्धका विविध आयामबारे विस्तृत तथा उपलब्धिमूलक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    भेटवार्ताका क्रममा नेपालले एक चीन सिद्धान्तप्रतिको आफ्नो अडान पुनः दोहो¥याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको थियो। त्यसैगरी चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दै नेपालको सुशासन र आर्थिक विकासका प्राथमिकतामा सहयोग जारी रहने विश्वास दिलाएको छ।

    दुई पक्षबीच पूर्वाधार विकास, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। साथै विगतमा सहमति भएका परियोजनाको शीघ्र कार्यान्वयन तथा बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

    भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा राजनीतिक दलहरूबीच सम्पर्क र सहकार्य विस्तार गर्ने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।

    त्यसैगरी चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ्ग हुनिङसँग भएको भेटमा दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पु¥याउने तथा प्राथमिकताका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाइएको छ।

    चीन भ्रमणका क्रममा मन्त्री खनाल बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित ‘इनभेष्टमेन्ट कन्फरेन्स’ मा पनि सहभागी भएका थिए। कार्यक्रममा चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटघाट गर्दै उनले नेपालमा लगानीका सम्भावना, उपलब्ध प्रोत्साहन तथा साझेदारीका अवसरबारे जानकारी गराएका थिए। उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गरी साझा समृद्धिको नयाँ अध्याय निर्माण गर्न आह्वान समेत गरेका थिए।

    कार्यक्रममा नेपाल लगानी बोर्डका प्रतिनिधिले ‘इन्भेष्ट इन नेपालः अपर्चुनिटिज, इन्सेन्टिभ्स एन्ड पार्टनरसिप प्रोसपेक्ट्स’ विषयमा प्रस्तुतीकरण दिएका थिए। मन्त्री खनालले नेपाल सरकार लगानी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका थिए।

    भ्रमण अवधिमा मन्त्री खनालले चीनस्थित नेपाली समुदायका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका थिए। उनले सुशासन, आर्थिक विकास र समृद्धिलाई संस्थागत गर्ने सरकारको प्राथमिकताबारे जानकारी दिँदै राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरेका थिए।

    यसैबीच उनले बेइजिङस्थित नेपाली दूतावासको कामकारबाहीबारे जानकारी लिँदै नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास कूटनीतिको प्रभावकारी सञ्चालन तथा चीनमा रहेका नेपालीको हित संरक्षणमा थप सक्रिय हुन दूतावासका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

    मन्त्री खनालले भ्रमणका क्रममा नेपाली, चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तरक्रियामा नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे धारणा राखेका थिए।

    भ्रमणको क्रममा उनले नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको बेइजिङस्थित प्रसिद्ध श्वेत स्तूप (डागोबा) को अवलोकन पनि गरेका थिए। उक्त सम्पदा नेपाल र चीनबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा रहेको उल्लेख गर्दै उनले यसले नेपाली कला, वास्तुकला र शिल्पकौशलको अन्तर्राष्ट्रिय पहिचान झल्काउने बताएका छन्।

    त्यसैगरी उनले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्च तथा झोङ्गगुआनछुन साइन्स पार्कको भ्रमण गरी विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा चीनले हासिल गरेको प्रगतिबारे जानकारी लिएका थिए। उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो र फलदायी बनाउनुपर्नेमा जोड दिएका थिए।

    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट र अन्तरक्रियाले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा विकास कूटनीतिलाई प्रवद्र्धन गर्ने नेपाल सरकारको उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।

    मन्त्री खनालले भ्रमण सफल बनाउन सहयोग पुर्याएकोमा चीन सरकार, भ्रमणमा संलग्न अधिकारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा सचिवालय बैठक सुरु

    फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित,…

    अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम…

    आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑