सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ ।
निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।
पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम रहेको छ ।
यसैगरी, दोस्रो वर्गका रहेको (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेलरमट्टितेल २२४ रुपैयाँमा रहेको छ ।
यस्तै, काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहने छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा