• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं, अध्यक्षमा जबरा

      अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी हतियार पनि ८० प्रतिशत खर्च

      ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

      जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

      सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

      लगानी बोर्डको सीईओमा यांकी नियुक्त

      उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

      म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

      नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

      एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

      सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

    होमपेज /  शिक्षा

    बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ५, शुक्रबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७७ पटक पढिएको
  • काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी)ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ ।

    कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ ।

    कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ। उक्त मान्यता प्राप्त गर्न बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत सम्पूर्ण पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो ।

    सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल विगत चार दशकभन्दा लामो समयदेखि बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र उच्च तथा थप शिक्षण संस्थाहरूको गुणस्तर मूल्याङ्कन गर्ने प्रतिष्ठित निकायका रूपमा परिचित छ।

    बिएसीको मान्यता शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन तथा उत्कृष्टताको अन्तर्राष्ट्रिय प्रतीकका रूपमा लिइन्छ ।

    उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, शिक्षण तथा मूल्याङ्कन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधन, र गुणस्तर व्यवस्थापन तथा सुधारलगायत छ प्रमुख क्षेत्रमा तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

    द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले उक्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए । ‘यो उपलब्धिले विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षा तथा शैक्षिक उत्कृष्टता हाम्रो प्राथमिकतामा रहेको थप विश्वास दिलाएको छ,’ उनले भने ।

    द ब्रिटिस कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गरी नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

    बिएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले बिएसीको मान्यताले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनजस्ता क्षेत्रमा संस्थाले कडा स्वतन्त्र मूल्याङ्कन सफलतापूर्वक पार गरेको प्रमाणित गर्ने बताइन्। उनले सन् २०२१ देखि बिएसी मान्यता प्राप्त द ब्रिटिस कलेजलाई सफल पुनः मान्यताका लागि बधाईसमेत दिएकी छन् ।

    द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा सञ्चालन गरिएका अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम, उद्योग क्षेत्रसँगको सहकार्य तथा विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको छ।

    कलेजले प्राप्त गरेको पछिल्लो मान्यताले विद्यार्थी, अभिभावक, रोजगारदाता तथा शैक्षिक साझेदारहरूबीच संस्थाप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

    कलेजले हालै केही समूहबाट फैलाइएको भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट सफलतापूर्वक पुनः मान्यता प्राप्त गर्न सफल भएको जनाएको छ।

    कलेजका अनुसार उक्त उपलब्धिले संस्थाले अन्तर्राष्ट्रियस्तरका शैक्षिक मापदण्ड र संस्थागत व्यवस्थापन कायम राखेको स्वतन्त्र प्रमाणका रूपमा काम गर्नेछ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल

    ब्रिटिश प्रोफेसनल कलेज र ACCA ले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

    शैक्षिक परामर्श क्षेत्रका विकृतिविरुद्ध सरकारको कडाइ, इक्यानले भन्यो- शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजियो

    एसईईमा पिक प्वाईन्टको ऐतिहासिक सफलता: ९ विद्यार्थीले ल्याए ४.० जीपीए, सम्मान तथा बिदाइ गरियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं,…

    अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी…

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    आर्थिक

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑