• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    •  स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै प्रतिबद्धता सम्झाउँदै अभियन्ता

      कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

      कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

      बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

      कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक

      देवराज चालिसेद्वारा उपसभापति पदबाट उम्मेदवारी फिर्ता

      कर्णाली राजमार्ग अवरुद्ध, गगने खोलामा लगातार पहिरो

      बजरंग नेपालीले फिर्ता लिए कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी

      मुगुमा पहिरोले बोलेरो जिप पुरियो

      होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

      वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

      नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

      राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

      राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

      राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकले वचन तोडेको आरोप

    होमपेज /  शिक्षा

    ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ७, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४० पटक पढिएको
  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई विद्यार्थीलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।

    आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले नेपालको शैक्षिक गतिशीलता (एजुकेसन मोबिलिटी) र त्यसको विकासक्रमलाई बुझेर मात्रै इक्यानको संस्थागत महत्व बुझ्न सकिने बताए ।

    उनले भने, ‘धेरैले इक्यान भनेको विदेश पठाउनेहरूको संस्था हो, तपाईंहरू विदेश पठाउनुहुन्छ, सामान्य काम गर्नुहुन्छ भन्ने धारणा बनाउनुभएको छ । तर यसको इन्स्टिच्युसनल सिग्निफिकेन्स बुझ्न नेपालको एजुकेसन मोबिलिटी र यसको इभोलुसनलाई बुझ्नुपर्छ ।’

    उनका अनुसार कुनै समय नेपाली विद्यार्थीका लागि भारत स्वाभाविक र लगभग अपरिहार्य शैक्षिक गन्तव्य रहे पनि अहिले नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, कोरियालगायत विश्वका प्रमुख मुलुकसम्म विस्तार भएको छ ।

    भट्टराईले शैक्षिक गन्तव्यको विस्तारलाई केवल विदेशमा अध्ययन गर्ने प्रवृत्तिका रूपमा मात्र बुझ्न नहुने बताए । उनका अनुसार नेपाली समाजको आकांक्षामा आएको परिवर्तन, स्थानीय अवसरको सीमाभन्दा बाहिर ज्ञान, सीप, अन्तर्राष्ट्रिय अनुभव, व्यावसायिक अवसर र जीवनका नयाँ सम्भावना खोज्ने सामाजिक चेतनाको विस्तारसमेत हो ।

    नेपालमा शैक्षिक परामर्श क्षेत्रको उदय र विशेषगरी इक्यानको स्थापना यही व्यापक संरचनात्मक परिवर्तनको संस्थागत प्रतिक्रियाका रूपमा भएको उनको भनाइ थियो ।

    उनले यसलाई विदेश अध्ययनका लागि काउन्सिलिङ गर्ने व्यवसायको उदय मात्र नभई नेपाललाई विश्वव्यापी शैक्षिक प्रणालीसँग जोड्ने संस्थागत इन्टरफेसको निर्माणका रूपमा व्याख्या गरे ।

    भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको उदय आफैंमा महत्वपूर्ण सामाजिक घटनाका रूपमा विकसित हुँदै गएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय शिक्षा अहिले पूँजी निर्माण, आर्थिक गतिशीलता, विश्वव्यापी अनुभव र नेपालको अन्तर्राष्ट्रिय संलग्नतासँग जोडिएको प्रभावशाली इकोसिस्टमका रूपमा विकास भइरहेको छ ।

    उनले इक्यानले आयोजना गर्दै आएको ‘एडुक्लेभ’ ले पनि शिक्षा र मोबिलिटीका विषयमा बहसलाई निरन्तर अगाडि बढाउँदै आएको बताए ।

    ‘एडुक्लेभको उद्देश्य सबैलाई एउटै निष्कर्षमा पु¥याउनु कहिल्यै रहेन, उद्देश्य सही प्रश्न उठाउनु थियो,’ उनले भने, “‘मनिङफुल डाइलगको सफलता निष्कर्षमा मात्र निर्भर हुँदैन । कहिलेकाहीँ एउटा सही प्रश्नले वर्षौंदेखि स्थापित गरेको निश्चिततालाई चुनौती दिन सक्छ र बहसको दिशा बदलिदिन सक्छ ।’

    उनले एडुक्लेभका विगतका श्रृंखलामा नलेज इकोनोमी, स्टडी इन नेपाल तथा जेनेरेसन जीका बदलिँदा आकांक्षा र राजनीतिक मनोविज्ञानलगायत विषयमा समयमै बहस गरिएको बताए ।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको वैदेशिक रोजगारीको इतिहास लामो रहेको उल्लेख गर्दै विदेशमा रोजगारीलाई अवसरका रूपमा हेर्नुपर्ने बताए ।

    उनले नेपालको पहिलो वैदेशीक रोजगारीको उदाहरणका रूपमा अरनिको चीन गएको प्रसंग उल्लेख गरे ।

    ‘हाम्रो पहिलो फरेन्ट इम्प्लोइमेन्ट सुरु भएको भनिन्छ, ६ सय वर्ष अगाडि जब अरनिको चीन गएर त्यहाँ ठूला–ठूला प्रतिमाहरू बनाउनका लागि सहभागी हुनुभएको थियो । त्यो हाम्रो फस्ट इम्प्लोइमेन्ट हो भनेर भनिन्छ,’ उनले भने ।

    झाले नेपालले वैदेशिक रोजगारीलाई लामो समयदेखि अवसरभन्दा पनि अभिशापका रूपमा लिएको भए पनि विश्वका धेरै देशले विदेशी रोजगारी र विदेशमा प्राप्त अवसरलाई सदुपयोग गरेर विकास गरेको बताए ।

    ‘धेरै वटा देशको हिस्ट्री हेर्दाखेरी त्यो देश बनेकै फरेन्ट इम्प्लोइमेन्टका अवसरहरूलाई प्रयोग गरेर हो । उनीहरूले त्यसलाई अवसरका रूपमा लिएर देश बनाएका छन्,’ उनले भने ।

    कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, प्राडा कुसुम शाक्यलगायतले शैक्षिक परामर्श क्षेत्रको हालको अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

     स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै…

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच…

    कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

    बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    आर्थिक

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑