• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    •  स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै प्रतिबद्धता सम्झाउँदै अभियन्ता

      कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

      कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

      बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

      कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक

      देवराज चालिसेद्वारा उपसभापति पदबाट उम्मेदवारी फिर्ता

      कर्णाली राजमार्ग अवरुद्ध, गगने खोलामा लगातार पहिरो

      बजरंग नेपालीले फिर्ता लिए कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी

      मुगुमा पहिरोले बोलेरो जिप पुरियो

      होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

      वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

      नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

      राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

      राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

      राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकले वचन तोडेको आरोप

    होमपेज /  अन्य

     स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै प्रतिबद्धता सम्झाउँदै अभियन्ता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १४ मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं, २१ असोज । स्थानीय तहलाई दलविहीन तथा स्वतन्त्र बनाउनुपर्ने माग गर्दै ‘स्वतन्त्र गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

    अभियानका संयोजक तथा स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो।

    अभियानले तत्काल स्थानीय तह निर्वाचन ऐन संशोधन गरी दलीय मनोनयनको व्यवस्था हटाउनुपर्ने माग गरेको छ। स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको चुनाव चिह्नबाट उम्मेदवारी दिने व्यवस्था हटाई सबै उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्नबाट मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने अभियानको माग छ।

    नेपालको संविधानको भाग १७ अर्थात् स्थानीय कार्यपालिका र भाग १८ अर्थात् स्थानीय व्यवस्थापिकामा कतै पनि स्थानीय तहमा दलीय चिह्नमा उम्मेदवारी दिनुपर्ने वा दलको सदस्यता अनिवार्य हुनुपर्ने व्यवस्था छैन, संयोजक सुवेदीले भने, संविधानको धारा २१५ अर्थात् गाउँ कार्यपालिका र धारा २१६ अर्थात् नगर कार्यपालिकामा पनि दलीय आधारको कुनै उल्लेख छैन। तसर्थ तलका चारवटा ऐन मात्र संशोधन गरे पुग्छ र संविधान छुनु पर्दैन।

    पहिलो, स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ को दफा १७ मा दलीय मनोनयन हटाई सबैलाई स्वतन्त्र चिह्नमा मात्र उम्मेदवारी दिने व्यवस्था गर्ने र दफा १८ मा दलको औपचारिक पत्र अनिवार्य गर्ने व्यवस्था खारेज गर्ने। दोस्रो, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १५, १६ र १७ मा स्थानीय तहमा दलको संरचना, समिति गठन र उम्मेदवार मनोनयन गर्ने व्यवस्था खारेज गर्ने। तेस्रो, निर्वाचन आयोग ऐन २०७३ मा स्थानीय तहमा दलीय चिह्न वितरण बन्द गरी स्वतन्त्र चिह्न मात्र वितरण हुने व्यवस्था गर्ने। चौथो, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा निर्वाचित जनप्रतिनिधि र दलबिचको सम्बन्धसम्बन्धी दफाहरू हटाई दलविहीन जनप्रतिनिधिले स्वतन्त्र रूपमा कार्य गर्न पाउने व्यवस्था गर्ने। यी चारवटा ऐन संशोधन एउटै अध्यादेशमार्फत गर्न सकिन्छ, सुवेदीले भने ।

    ज्ञापनपत्रमा स्थानीय तहको संख्या पनि घटाउनुपर्ने प्रस्ताव गरिएको छ। हाल कायम ७५३ स्थानीय तहको संख्या घटाएर ३०० भन्दा कम बनाउनुपर्ने अभियानले माग गरेको छ। त्यसैगरी स्थानीय र प्रदेश निर्वाचन एकैपटक सम्पन्न गरी निर्वाचनमा हुने आर्थिक भार कम गर्नुपर्ने मागसमेत गरिएको छ।

    अभियानले यसअघि पत्रकार सम्मेलनमार्फत सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफूले चुनावका क्रममा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको थियो।

    संयोजक सुवेदीले रास्वपाले चुनावी वाचामा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार मात्र रहने व्यवस्था गर्ने उल्लेख गरेको स्मरण गराए। जनतासँग करारपत्रमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएको अवस्थामा त्यसलाई कार्यान्वयन नगर्नु जनतामाथि धोका हुने उनको भनाइ थियो।

    उनले जनतालाई झुक्याउने काम स्वीकार्य नहुने भन्दै प्रतिबद्धता पूरा गर्न राजनीतिक दलहरूलाई सचेत गराए।

    ‘जाग नेपाली’का संयोजक डा. दीपेश केसीले स्थानीय तहलाई गैरदलीय बनाउने प्रतिबद्धता गरेको रास्वपा आफैंले त्यसबाट पछि हटेर दलीय चुनावतर्फ अघि बढ्न खोजेको आरोप लगाए।

    उनले यस्तो कदमको पछाडि उम्मेदवारको टिकट बिक्रीको उद्देश्य रहेको दाबीसमेत गरे। रास्वपाभित्र शक्तिशाली व्यक्तिहरूलाई टिकट तथा उम्मेदवारीका लागि आर्थिक रूपमा प्रभावित पार्ने क्रम चलिरहेको भन्ने सूचना आफूसँग रहेको उनको दाबी थियो।

    केसीले जनतासँग गरेको प्रतिबद्धता तोडेर अघि बढे त्यसले पुनः विद्रोहको अवस्था निम्त्याउन सक्ने चेतावनी दिए। स्थानीय तहको संख्या नघटाउने हो भने देशलाई थप आर्थिक संकटतर्फ धकेल्ने उनको भनाइ थियो।

    ‘नेपाल फस्ट अभियान’का अध्यक्ष डा. नन्दप्रसाद कार्पीले रास्वपाले जनतालाई ढाँट्न थालेको आरोप लगाए।

    उनले विगतमा जनतासामु गरेका प्रतिबद्धता नै तोड्ने प्रयास भए त्यसबाट ठूलो राजनीतिक धक्का सामना गर्नुपर्ने चेतावनी दिए।

    त्यस्तै, स्वतन्त्र अभियन्ता डा. प्रकाश अधिकारीले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति टिप्पणी गर्दै सामाजिक सञ्जालमा स्टाटस, लाइक र कमेन्टमै सरकार रमाइरहेको आरोप लगाए। जनताले सरकारबाट गरेको अपेक्षामाथि तुषारापात भइरहेको उनको दाबी थियो।

    राष्ट्रिय जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीले पछिल्लो समय जेनजी आन्दोलनको भावना विपरीतका काम भइरहेको आरोप लगाए।

    उनले स्थानीय तहलाई स्वतन्त्र तथा गैरदलीय बनाउनुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखे। आफूहरूले उठाएका माग सम्बोधन नभए पुनः आन्दोलन तथा विद्रोहको अवस्था आउन सक्ने चेतावनीसमेत उनले दिए।

    कार्यक्रममा स्वतन्त्र अभियन्ता राजमान मानव, अभियन्ता ताराकुमारी रिजाल तथा स्वतन्त्र महिला मञ्चकी अध्यक्ष सफलता बोगटीलगायतले धारणा राखेका थिए।

    अभियानले स्थानीय तहलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्दै स्वतन्त्र उम्मेदवारमार्फत स्थानीय सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। साथै स्थानीय तहको संख्या घटाउने, निर्वाचन प्रणालीमा सुधार गर्ने तथा निर्वाचन खर्च कम गर्ने विषयलाई पनि अभियानले प्रमुख मागका रूपमा अघि सारेको छ।

    अभियानमा आफनो माग १५ दिनभित्र पुरा नभए विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट

    झलनाथ खनालले छोडे नेकपा

    दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

    महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

     स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै…

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच…

    कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

    बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    आर्थिक

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑