सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन आगामी असोज २६ गते भारत जाने भएका छन्। गृह मन्त्रालयका अनुसार उनी अक्टोबर १२ मा भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। उनले अक्टोबर १३ मा आयोजना हुने बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुन लागेको उक्त बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको सहभागिता रहनेछ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकले दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका मुलुकबीच क्षेत्रीय सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ। व्यापार, लगानी, यातायात, ऊर्जा, प्रविधि र सुरक्षा लगायतका क्षेत्रमा सदस्य राष्ट्रबीच सहकार्य प्रवर्द्धन गर्नु यसको प्रमुख उद्देश्य हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा