• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

      माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

      कवि पाँचथरेको कवितासङ्ग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

      रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

      भ्रष्टाचार र परिवारवादविरुद्ध उम्मेदवारी हो : रामपल्टन साह

      युवा नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा दिए उम्मेदवारी

      कांग्रेस महाधिवेशनमा करिब नौं हजारका लागि भोजन

      कांग्रेस महाधिवेशन :खुलामञ्चमा चहलपहल कम

      भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट

      डलर बलियो बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

      अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

      कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या

      काग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

      कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

      बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

    होमपेज /  समाचार

    कांग्रेसका जनप्रतिनिधिले उच्च नैतिक मापदण्ड पूरा गर्नुपर्ने प्रस्ताव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १९, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको प्रस्ताव गरेका छन् ।

    प्रतिवेदनमा उम्मेदवारी नेतृत्वको कृपा वा आर्थिक सामथ्र्यका आधारमा नभई पारदर्शी र स्पष्ट प्रक्रियाबाट तय गरिनुपर्ने उल्लेख गरिएको छ । उम्मेदवार छनोटमा पार्टी सदस्यको मत, समर्थक तथा शुभेच्छुकको सहभागिता र सार्वजनिक मतसर्वेक्षणलाई आधार बनाउने प्रस्ताव गरिएको छ ।

    ‘कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सार्वजनिक उत्तरदायित्व र नैतिक आचरणको उच्च मापदण्ड पूरा गर्नुपर्छ । उम्मेदवारी नेतृत्वको कृपा वा आर्थिक सामथ्र्यको पुरस्कार हुने छैन । छनोटदेखि निर्वाचित भएपछि गर्ने कामसम्म स्पष्ट प्रक्रिया र सार्वजनिक प्रतिबद्धता आवश्यक हुनेछन्,’ प्रतिवेदनमा लेखिएको छ ।

    आकांक्षी उम्मेदवारको योग्यता, सामुदायिक योगदान, विगतको कार्यसम्पादन, इमानदारी तथा नैतिक आचरणको परीक्षण गरिने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्राइमरीको प्रक्रिया पारदर्शी बनाउँदै छनोटका आधार परीक्षण गर्न सकिने गरी अभिलेख राख्ने प्रस्ताव गरिएको छ ।

    प्रतिवेदनअनुसार उम्मेदवारका आकांक्षीलाई नेतृत्वसम्बन्धी प्रशिक्षण दिइनेछ । अन्तिम छनोटमा परेका उम्मेदवारले गभर्नेन्स इन्स्टिच्युटसँग आबद्ध भएर आफ्नो अधिकारक्षेत्रमा गर्ने कामको सार्वजनिक प्रतिबद्धता प्रस्तुत गर्नुपर्नेछ । त्यसमा प्राथमिकता, आवश्यक स्रोत र प्रगति मापनका आधारसमेत स्पष्ट गरिने प्रस्ताव छ । निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनलाई पार्टीगत मूल्याङ्कनको आधार बनाइने तथा उनीहरूले आफ्ना कामको प्रगति र पूरा हुन नसकेका प्रतिबद्धताका कारण सार्वजनिक गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    स्थानीय तहमा सेवा मापदण्ड, एकद्वार सेवा, सहभागितामूलक योजना, निष्पक्ष नियुक्ति र नियमित सार्वजनिक सुनुवाइको अभ्यास अघि बढाउने प्रस्ताव पनि गरिएको छ । संघमा प्रतिपक्षको निगरानी तथा प्रदेश र स्थानीय तहमा प्राप्त अधिकारको प्रयोगलाई एउटै सार्वजनिक उद्देश्यसँग जोड्ने उल्लेख छ ।

    सरकारमा नरहेको अवस्थामा पनि कांग्रेसले अध्ययन, नागरिक सहकार्य र अनुगमनलाई निरन्तरता दिने प्रतिवेदनमा जनाइएको छ ।

    त्यस्तै, स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेशमा वा स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकको मतदान पहुँच सुनिश्चित गर्न निर्वाचन सुधारका कार्यक्रम अघि बढाउने प्रस्ताव गरिएको छ । मतदानको विश्वसनीयता र गोपनीयता सुनिश्चित गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कवि पाँचथरेको कवितासङ्ग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

    भ्रष्टाचार र परिवारवादविरुद्ध उम्मेदवारी हो : रामपल्टन साह

    कांग्रेस महाधिवेशन :खुलामञ्चमा चहलपहल कम

    अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

    कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या

    काग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब…

    दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको…

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा…

    कवि पाँचथरेको कवितासङ्ग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    आर्थिक

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑