सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कवि वासुदेव अधिकारी ‘पाँचथरे’को नयाँ कवितासङ्ग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण गरिएको छ। कल्पलता साहित्य परिवार टोक्खाले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कल्पलता साहित्य परिवारका अध्यक्ष नरबहादुर बिसीलगायतले कृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि खनालले कवि पाँचथरेका कविताले वर्तमान समयको यथार्थलाई प्रतिबिम्बित गरेको बताए। उनले कृतिले परिवर्तन र समाजवादको स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने सन्देश बोकेको प्रतिक्रिया दिए।
कृतिको समीक्षा गर्दै प्राज्ञ हेमनाथ पौडेलले यसमा वर्तमान समाजको गतिशील यथार्थ समेटिएको बताए। समाजमा विद्यमान विकृति र विसङ्गतिमाथि कवितामार्फत तीखो प्रहार गरिएको उल्लेख गर्दै उनले कृतिले समाजमा नयाँ चेतना ल्याउने प्रयास गरेको बताए।
कार्यक्रममा कवि पाँचथरेले आफ्नो कृतिबारे संक्षिप्त प्रकाश पार्दै पहिलो कविता ‘इमान’ वाचन गरेका थिए। त्यसैगरी साहित्यकार सोइनादाहाल, प्रेम राई ‘परीक्षित’ र घनबहादुर थापाले पनि सङ्ग्रहबाट एक–एकवटा कविता वाचन गरेका थिए। कवि वेदनिधि निरौलाले आफ्नै कविता सुनाएका थिए।
कल्पलता साहित्य परिवारका अध्यक्ष बिसीले कवि पाँचथरे र उनका कृतिले टोक्खाको साहित्यिक क्षेत्रमा प्रतिनिधिमूलक योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
प्रगतिवादी धारका कवि पाँचथरेले आफ्ना कवितामार्फत समाजमा रहेका विकृति र विसङ्गतिमाथि प्रहार गर्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउने प्रयास गरेका छन्। सङ्ग्रहमा समेटिएका अधिकांश कविता वैचारिक प्रकृतिका भए पनि केही कवितामा बिम्ब र प्रतीकको पर्याप्त प्रयोग गरिएको छ।
यसअघि ‘खबरदार’ र ‘आँसुको भेल’ कवितासङ्ग्रह प्रकाशन गरिसकेका पाँचथरेको ‘समयको प्रतिबिम्ब’ तेस्रो कविताकृति हो। नयाँ सङ्ग्रहले समकालीन नेपाली समाजका यथार्थ, विकृति र परिवर्तनका आकाङ्क्षालाई कवितात्मक अभिव्यक्ति दिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा