• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा 

      उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी 

      महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

      झलनाथ खनालले छोडे नेकपा

      गृहमन्त्री सुधन गुरुङ भारत जाने

      दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

      कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति शर्माको प्रतिवेदन : नेतृत्वदेखि संगठन सञ्चालनसम्म रूपान्तरणको प्रस्ताव

      भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र पार्ने सरकारको निर्णय

      कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

      कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड

      कांग्रेसका जनप्रतिनिधिले उच्च नैतिक मापदण्ड पूरा गर्नुपर्ने प्रस्ताव

      विपद् थेग्ने पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष कार्की

      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

      बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

      बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु

    होमपेज /  समाचार

    कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति शर्माको प्रतिवेदन : नेतृत्वदेखि संगठन सञ्चालनसम्म रूपान्तरणको प्रस्ताव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १९, सोमबार (५५ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६ पटक पढिएको
  • उपसभापति शर्माको प्रतिवेदन : गुटको विकल्प विचार, नेतृत्व ‘बगिरहने नदी’ जस्तो हुनुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र र समग्र नेपाली राजनीतिमा देखिएको लोकतान्त्रिक संस्कृतिको क्षय रोक्दै युगानुकूल राजनीतिक रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

    कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा शर्माले राजनीतिक प्रणालीसँगै राजनीतिक दल, नेतृत्व र कार्यकर्ताको संस्कार तथा व्यवहारमा पनि सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।

    उनले कांग्रेसले आफ्ना कमजोरीप्रति आत्मालोचना गर्दै लोकतान्त्रिक संस्कृतिको पुनर्जागरणका लागि पहल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    शर्माले लोकतान्त्रिक प्रणालीलाई निर्वाचनमा सीमित गर्न नहुने उल्लेख गर्दै नागरिकको प्रश्न, सहभागिता, जवाफदेहिता, विधिको शासन र संस्थाको सम्मानलाई लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन् ।

    प्रतिवेदनमा उनले कांग्रेसले व्यक्तिको गल्तीको भार संस्थामाथि नबोकाउने स्पष्ट नीति लिनुपर्ने बताएका छन् ।

    कानुन उल्लंघनका घटनामा पार्टीका नेता तथा कार्यकर्ताले व्यक्तिगत रूपमा कानुनी प्रक्रियाको सामना गर्नुपर्ने, तर आरोपकै आधारमा निर्दोष व्यक्तिलाई फसाउन नहुने र दोषीलाई राजनीतिक संरक्षण दिन नहुने उनको प्रस्ताव छ ।

    शर्माले नेतृत्वलाई ‘जमेको पोखरी’ नभई ‘बगिरहने नदी’ जस्तो बनाउनुपर्ने बताएका छन् । निश्चित समय र औचित्यपछि नेतृत्वले सम्मानजनक रूपमा बहिर्गमनको बाटो रोज्नुपर्ने उनको प्रस्ताव छ ।

    उनले पटकपटक एउटै नेतृत्व दोहोरिँदा नागरिकमा वितृष्णा बढ्ने र नेतृत्वका विगतका सकारात्मक योगदानसमेत ओझेलमा पर्ने उल्लेख गरेका छन् । कांग्रेसले आगामी दिनमा नेतृत्वलाई ताजगीपूर्ण र गतिशील बनाउने तथा त्यसलाई विधान, संविधान र लोकतान्त्रिक संस्कारबाट सुरक्षित गर्ने नीति लिनुपर्ने उनले बताएका छन् ।

    शर्माले पार्टीभित्र नेतृत्व चयनमा व्यक्तिको प्रभाव, पहुँच र सम्बन्धभन्दा विचार, क्षमता र योजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    प्रतिवेदनमा शर्माले पछिल्लो ३५ वर्षमा नेपालमा कुनै प्रगति नभएको भन्ने भाष्य गलत रहेको दाबी गरेका छन् ।

    भोटेकोसी बाढीमा क्षति भएका सडक, पुल तथा जलविद्युत् आयोजनाको उदाहरण दिँदै उनले तीमध्ये अधिकांश संरचना पछिल्लो ३५ वर्षमा निर्माण भएको उल्लेख गरेका छन् । यस अवधिमा मुलुकले सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासन, भूकम्प र कोरोना महामारीजस्ता चुनौती सामना गरे पनि विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उनको भनाइ छ ।

    उनले राजनीतिक बहसमा उपलब्धि र कमजोरी दुवैलाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने बताएका छन् ।

    शर्माले लोकतान्त्रिक राजनीतिमा पारिवारिक वा राजनीतिक विरासतभन्दा विचारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    प्रतिवेदनमा उनले बीपी कोइरालाको विचारलाई पछिल्लो पुस्तासँग जोडेर अघि बढाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले नयाँ पुस्तालाई पार्टीको विचार र लोकतान्त्रिक संस्कृतिसँग जोड्नुपर्ने प्रस्ताव गरेका छन्।

    उनले राजनीतिक नेतृत्वको मूल्यांकन वंश वा विरासतका आधारमा नभई विचार, योगदान र कार्यसम्पादनका आधारमा हुनुपर्ने बताएका छन् ।

    शर्माले कांग्रेसभित्र परम्परागत गुटको अन्त्य गर्नुको अर्थ नयाँ गुट निर्माण गर्नु नभएको बताएका छन् । गुटको विकल्प विचार, नीति, योजना र दृष्टिकोण हुनुपर्ने उनको प्रस्ताव छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र पार्ने सरकारको निर्णय

    कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

    कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड

    कांग्रेसका जनप्रतिनिधिले उच्च नैतिक मापदण्ड पूरा गर्नुपर्ने प्रस्ताव

    विपद् थेग्ने पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष कार्की

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को…

    उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय…

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    झलनाथ खनालले छोडे नेकपा

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    आर्थिक

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने

    विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑