• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

      टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

      २७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

      अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

      विश्व शान्ति दिवस आज मनाइँदै

      युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

      कर्णाली सरकार दुई महिना सम्मा कार्ययोजना विहीन

      पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु

      भोटेकोशी बाढीपीडितका लागि मेची आँखा अस्पतालबाट १२ लाख भन्दा बढी सहयोग

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १८६ जनालाई कारबाही

      तीन वटा संसदीय समितिको बैठक बस्दै

      डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित

    होमपेज /  राजनीती

    कृषिमा आत्मनिर्भरता र वन संरक्षणमा सरकार गम्भीर छ : मन्त्री गीता चौधरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १३, बुधबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८४ पटक पढिएको
  • काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री भइसकेको जानकारी दिइन् ।

    उनले भनिन्, ‘चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ ।’

    मन्त्री चौधरीले मध्यपूर्वको द्वन्द्वका कारण मल आपूर्तिमा समस्या आएको उल्लेख गर्दै धान रोपाइँको समयमा अभाव हुन नदिन मन्त्रालयले विशेष ध्यान दिएको बताइन् ।

    उनले भनिन्, ‘धान रोपाइँको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयले विशेष ध्यान दिएको छ । भारतसँग जीटुजी माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया सुरु गरिएको छ ।’

    अनुदानको मल वितरणलाई पारदर्शी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०८२’ कार्यान्वयनमा ल्याइएको र मल व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको पनि उनले बताइन् ।
    बीउविजन उत्पादनका विषयमा बोल्दै उनले धान, गहुँ, मकै, मसुरो तथा तोरीको स्रोत बीउ डिजिटल प्रणालीमार्फत वितरण भइरहेको जानकारी दिइन् । ‘स्वदेशी बीउविजन प्रवद्र्धन गर्न स्रोत बीउ उत्पादनमा ३० प्रतिशतसम्म र उन्नत बीउ उत्पादनमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ,’ उनले भनिन् ।

    उखु किसानको समस्या समाधानमा मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा उखु किसानलाई करिब १३ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी हुनुपर्नेमा ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिइन् ।

    ‘बाँकी रकम यही आर्थिक वर्षभित्र भुक्तानी हुने प्रतिबद्धता प्राप्त भएको छ,’ उनले भनिन् । कृषि उत्पादनले उचित मूल्य नपाएको गुनासोबारे सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको बताउँदै उनले बर्से धान र गहुँको मूल्य निर्धारण गरिएको जानकारी दिइन् ।

    दुग्ध किसानको भुक्तानीबारे उनले भनिन्, ‘मङ्सिरदेखि माघसम्मको १८ करोड रुपैयाँ भुक्तानी गरिसकिएको छ र बाँकी २० करोड असार १५ भित्र भुक्तानी गरिनेछ ।’
    वन्यजन्तु तथा मानव द्वन्द्वबारे बोल्दै उनले बाँदर, निलगाई, बदेललगायतका वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण भइरहेको जानकारी दिइन् । ‘जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरी नियन्त्रण प्रक्रिया अघि बढाइएको छ,’ उनले सुनाइन् । वन क्षेत्र संरक्षणबारे बोल्दै मन्त्री चौधरीले नेपालको वन क्षेत्र हाल ४६ दशमलव ०८ प्रतिशत पुगेको बताइन् ।
    उनले भनिन्, ‘आर्थिक वर्ष २०८३÷८४ मा करिब १ खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य राखेका छौँ ।’

    जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय जलवायु नीति तथा विभिन्न कार्यक्रममार्फत जोखिम न्यूनीकरणका काम भइरहेको जानकारी दिइन् । मन्त्री चौधरीले कृषि, खाद्य सुरक्षा र वन संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै किसान र वन संरक्षणमा खटिएका सुरक्षाकर्मीको योगदानप्रति सम्मान व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रियसभा बैठक बस्दै

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

    गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

    देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    धिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

    टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको…

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको…

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑