सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था International Finance Corporation (IFC) सँग ‘Banking on Women (BoW)’ पहलअन्तर्गत Global WMSME Sex Disaggregated Data (SDD) सहकार्य सम्झौता गरेको छ। उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल Women Entrepreneurs Finance Initiative (We-Fi)ले सहयोग गरिरहेको छ।
महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (WMSMEs) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापित We-Fi अन्तर्गत सञ्चालन हुने Women Entrepreneurs Finance Code ले महिला उद्यमीहरूलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पुर्याउने लक्ष्य राखेको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा IFC का दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउई ले हस्ताक्षर गरेका हुन्।
यस सहकार्यअन्तर्गत IFC ले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (Sex Disaggregated Data–SDD) को संकलन, विश्लेषण तथा उपयोग प्रणालीलाई थप प्रभावकारी बनाउन प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यसबाट महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती र अवसरबारे स्पष्ट बुझाइ विकास हुने बैंकले जनाएको छ।
बैंकका अनुसार, उक्त तथ्यांकका आधारमा महिला उद्यमीहरूका लागि अझ उपयुक्त तथा प्रभावकारी वित्तीय समाधान विकास गर्न सहयोग पुग्नेछ। साथै, यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै समावेशी आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा