सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घट्दै २७७०.२६ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.९३ प्रतिशतले ओरालो लागेको हो ।
आज ३४९ कम्पनीको एक लाख ५१ हजार ३५४ पटकको कारोबारमा एक करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँ पुगेको छ । सोमबार भने ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ रुपैयाँको कारोबार भएको थियो ।
आजको कारोबारमा ४२ कम्पनीका सेयरमूल्य बढ्दा २१३ कम्पनीका सेयरमूल्य घटेका छन् भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये अन्य समूह ०.७३ प्रतिशतले बढे पनि बाँकी १२ उपसमूह भने घटेका छन् ।
होटेल तथा पर्यटन समूह सबैभन्दा बढी २.५६ प्रतिशतले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन २.४६, जलविद्युत् १.७४, विकास बैंक १.२२, वाणिज्य बैंक ०.८४, फाइनान्स ०.६१, लगानी ०.४७, लघुवित्त ०.४४, निर्जीवन बिमा ०.३९, व्यापार ०.३९, म्युचुअल फन्ड ०.३१ र जीवन बिमा समूह ०.१६ प्रतिशतले घटेका छन् ।
आज हिमालयन बैंक लिमिटेड बोन्ड–२०८६ का लगानीकर्ताले ४.७४ प्रतिशत आम्दानी गरेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १४.९९ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ५८ करोड ३३ लाख ४० हजार ७१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । बैंकको ९ लाख ९८ हजार ७२५ कित्ता सेयर किनबेच हुँदा अन्तिम मूल्य प्रतिकित्ता २२१ रुपैयाँ कायम भएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा