सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबि बैंक ले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय स्थानान्तरण सेवामा उत्कृष्टता प्रदर्शन गरेबापत जर्मनीस्थित कमर्ज बैंक एजी बाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ ।
उक्त अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो, जुन पूर्ण रूपमा स्वचालित र सरल प्रक्रियाबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरुलाई मात्र प्रदान गरिन्छ । यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा छिटो र भरपर्दो सेवा प्रदान गर्ने क्षमतालाई पुष्टि गरेको बैंकले जनाएको छ ।
यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे ले ग्राहकका लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवा सहज र प्रभावकारी बनाउने प्रयासको प्रतिफलस्वरूप यो उपलब्धि हासिल भएको बताए । उनले उच्च मापदण्ड कायम राख्दै सुरक्षित र द्रुत सेवा प्रदान गर्न बैंक निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे ।
बैंकका अनुसार उक्त उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ ।
हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा