सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड ले सूचना प्रविधि क्षेत्रलाई लक्षित गर्दै ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको उक्त योजनाले आईटी क्षेत्रमा सक्रिय व्यवसायी तथा उद्यमीहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ।
बैंकका अनुसार यस योजनामार्फत आईटी तथा सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार विकास तथा व्यवसाय विस्तारका लागि सहज कर्जा उपलब्ध हुनेछ। यसले सूचना प्रविधि क्षेत्रमा भइरहेको नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालको आईटी क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका आईटी÷सफ्टवेयर फर्म (एकल वा साझेदारी) तथा प्राइभेट लिमिटेड कम्पनीहरू योग्य हुनेछन्। साथै, यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता करहरू नियमित रूपमा तिरेको हुनुपर्नेछ।
बैंकले सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, एआई तथा मेशिन लर्निङ जस्ता क्षेत्रमा कार्यरत र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेका कम्पनीहरूलाई प्राथमिकतामा राख्ने जनाएको छ।
बैंकले यस योजनाले सूचना प्रविधि उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै डिजिटल अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा