सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेर ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन मंगलबार भने सुन तोलामा २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा १५५ रुपैयाँले वृद्धि भई ५ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा