सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई हाजिर जमानीमा रिहा गर्न नेपाल बैंकर्स संघले गरेको आग्रहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्वीकार गरेको छ।
सोमबार बैंकर्स संघका पदाधिकारीहरू सीआईबी कार्यालय पुगेर शेरचन निलम्बनमा परिसकेको र अनुसन्धानमा असर नपर्ने भन्दै आफ्नै रोहवरमा छाड्न आग्रह गरेका थिए। तर, सीआईबीका अधिकारीहरूले गम्भीर प्रकृतिको अनुसन्धान जारी रहेको जनाउँदै उक्त प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारे।
सीआईबीका अनुसार शेरचनमाथि किर्ते कागजात तयार गरेको, गैरकानुनी रूपमा ऋण प्रवाह गरेको, ब्याज असुली नगरेको तथा नेपाल राष्ट्र बैंक ऐन विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको छ। हिरासतमा नराख्दा प्रमाण नष्ट गर्न वा अनुसन्धान प्रभावित पार्ने जोखिम रहेको भन्दै अदालतको आदेशबाहेक रिहा गर्न नसकिने जनाइएको छ।
छलफलका क्रममा सीआईबीले बैंकर्स संघका पदाधिकारीहरूलाई शेरचनमाथि लागेका आरोप र हालसम्म फेला परेका प्रमाणबारे जानकारी गराएको थियो।
प्रभु इन्भेस्टमेन्टसँग सम्बन्धित विवादमा व्यवसायी देवीप्रकाश भट्टचन र कुसुम लामाविरुद्ध भइरहेको अनुसन्धानका क्रममा सीआईबीले शेरचनसहित बैंकका अन्य पदाधिकारीहरूलाई पक्राउ गरेको हो। भट्टचन र लामाविरुद्ध भने यसअघि नै मुद्दा दर्ता भइसकेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा