• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए मतदान हुने

      विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

      स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

      १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको आन्दोलन

      उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

      एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

      असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

      प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

      विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

      बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

      भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

      ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

      निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

      चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

    होमपेज /  पत्रपत्रिका

    जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० पौष २०, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५२५ पटक पढिएको
  • दैलेख, २० षौष । गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन्् ।

    चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन विपन्न परिवारका लागि नभएर पहुँचवालाकै हालीमुहाली छ ।

    गाउँमा भनेजसो रोजगारी नपाउँदा बेरोजगार पुरुष पराइ देश जान बाध्य छन् । नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारसँगै बेरोजगारलाई गाउँमै रोक्ने योजना छैन । सोही कारण दैलेख जिल्लाका अधिकांश गाउँपालिका पुरुषविहीन बनेका छन् ।

    गाउँमा रोजगारी अवसर नहुँदा ती गाउँका पुरुष गाउँमै बालबच्चा छोडेर मुग्लान लागेका छन्् । जीवनयापनका लागि मुग्लान हानिएका बेरोजगार कोही ६ महिना मुग्लानमै बिताइ जहान परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम लिएर गाउँ फर्किन्छन्् ।

    ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र गाउँमा भेटिने गरेका छन्् । सुदूर र कर्णाली प्रदेशका पालिकामा नागरिकको नियति यस्तै बनेको छ ।

    गाउँमा कलकारखाना उद्योगधन्दा नहुँदा बाध्य भएर मुग्लान जानुपरेको भैरवी गाउँपालिका–७ का डब्बलबहादुर मल्ल बताउँछन् । ‘गाउँमा कतै उद्योगधन्दा छैनन्, जहान परिवार पाल्न भारत जानैप-यो । ‘गाउँ सरकारले सडक निर्माणमा डोजर प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘हाम्रो रोजगारी डोजरले खोसिदिएकाले मुग्लान जान सरकारले नै बाध्य बनाएको हो ।’

    खेतीपातीले छाक टार्न नपुग्ने हुँदा पुरुष बिदेसिनुपरेको सोही वडाकी भैरवी गाउँपालिका–७ भाटीचौरकी मन्धरा मिजारको भनाइ छ । सधैं घरायसी काममा व्यस्त रहने महिला घरमा पुरुष नहुँदा सामाजिक कामको बोझ पनि उनीहरूमाथि नै थपिएको उनले बताइन् ।

    ‘गाउँमा कोही बिरामी हुँदा शुभअशुभ काममा समेत महिला नै जानुपर्छ, पुरुष मुग्लान छन्, हामी महिला नगई क्या गन्र्या,’ उनले थपिन्, ‘स्थानीय सरकारले गाउँमा उद्योग आर्यआर्जनका काम गरिदिए पुरुष पनि गाउँमै बसन्या थियाँ ।’

    सिंहदरबार गाउँमा आए पनि स्थानीयले त्यसको अनुभव लिन पाएका छैनन् । गाउँका सडक खन्न डोजर प्रयोग हुन थालेपछि गरिब नागरिकले भारतकै भरमा जीवन गुजार्नुपर्ने बाध्यता छ ।

    कामकै लागि पुरुष गाउँ छोडेर बाहिर जानुपरेको ठाटीकाँध गाउँपालिका–२ का वडाध्यक्ष प्रेम रामजाली बताउँछन् । ‘गाउँमा पुरुष छैनन्, पुरुष नहुँदा भनेजसो विकास हुन सकेको छैन,’ उनले भने, ‘हाम्रो पालिकाले आउने बजेटमा बेरोजगारीलाई कम गर्न रोजगारीका काम ल्याउनेछ ।’

    भारतमा मजदुरी गर्न गएका नागरिकको कर्णाली प्रदेश र सुदूरपश्चिमका कुनै पनि पालिकामा तथ्यांक छैन । कोभिड–१९ का बेला दैलेखमा दैवीप्रकोप समितिले ४२ हजार जिल्ला आउने अनुमान गरे पनि २५ हजार नागरिक खाडीमुलुक र भारतबाट फर्किएका थिए । गाउँमै बेरोजगारलाई स्थानीय सरकारले विभिन्न सीपमुलुक र आयआर्जनका काममा लगाई रोजगारीका अवसर दिए खाडीमुलुक वा मुग्लान जाने पुरुषमा कमी आउने जानकार बताउँछन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए…

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र…

    स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने…

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑