• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    होमपेज /  पत्रपत्रिका

    इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० पौष ४, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३८८ पटक पढिएको
  • काठमाडौँ, ४ पौष । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा नेपाली दूतावाससँग प्रत्यक्ष पहुँच नहुँदा ८ सयभन्दा बढी नेपाली श्रमिक राहदानी नवीकरण नहुँदा राहदानीविहीन बनेका छन् ।

    राहदानी विभागको नयाँ कानुनअनुसार एमआरपी राहदानी निस्तेज गरी विद्युतीय राहदानी लागू गरेपछि इराकजस्तो प्रतिबन्धित मुलुकमा रहेका हजारौं नेपालीलाई दूतावाससँग पहुँच नहुँदा राहदानी नवीकरणमा समस्या भएको छ । राहदानी नवीकरण समस्या बढ्दै गएपछि सरकारलाई ध्यानकर्षणसहित पत्र बुझाइएको छ ।

    इराकमा कार्यरत रहेका नेपालीलाई राहदानी नवीकरण समस्या भएको तथा होल्डर नेपाली श्रमिकलाई बिनासेटिङ आवतजावत गर्न माग गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले सोमबार परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर वास्तविकता बुझाउने काम गरेको छ । गैरआवासी नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका सह–कोषाध्यक्ष सरिस तामाङको नेतृत्वमा गएको टोलीले परराष्ट्रमन्त्री साउदसमक्ष समस्या’bout जानकारीसहित ज्ञापनपत्र बुझाएको हो ।

    नेपाल सरकारद्वारा प्रतिबन्ध भए तापनि इराकका विभिन्न सहरमा हजारौं श्रमिकले लामो समयदेखि श्रम गर्दै आइरहेका छन् । तर, लामो समय हुँदा पनि आवतजावतमा महँगो सेटिङ शुल्क र अन्य विभिन्न समस्याका कारण स्वदेश नफर्की काम गरेर बस्न बाध्य बन्दै आएका छन् । यस देशको कानुनअनुसार प्रधान गरिएको अकामा प्राप्त श्रमिकलाई बिदामा गएर फर्किदा तेस्रो मुलुको भिसाबिना सहजै स्वदेशबाटै श्रम गरी फर्किने व्यवस्था गर्न माग गरिएको एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

    इराकमाथि लगाइएको प्रतिबन्ध हटाउन माग
    १५ वर्षअगाडि भएको घटनालाई आधार मानेर इराकमाथि नेपाल सरकारले लगाएको प्रतिबन्ध हटाउन पनि टोलीले माग गरेको छ । इराकको वर्तमान अवस्थालाई मध्यनजर गरेर अहिलेको परिस्थितिलाई बुझी नेपाल सरकारको प्रतिनिधित्व स्थापित गर्दै निश्चित मापदण्ड अवलम्बन गरी प्रतिबन्ध फुकुवाका लागि कूटनीतिक भ्रमण गरी खुलाउन माग गरिएको हो ।

    हाल सार्क राष्ट्रहरू भारत, बंगलादेश, श्रीलंकालगायतका मुलुकबाट पनि अकामा भएका श्रमिकलाई कुनै बाधा अवरोध, आवतजावत सहज गर्नुका साथै बग्दादमा दूतावास र कुर्दिस्थानमा कन्सुलर सेवा दिइरहेको भन्दै तत्काल नेपालले पनि त्यस्ता नियोग स्थापना गर्न माग गरिएको छ । सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

    नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् । एनआरएनएले बग्दाद आसपास क्षेत्रमा घरेलु कामदारका रूपमा आउँदा धेरै विचार गरेर आउन पनि अनुरोध गरेको छ ।

    रोजगारीका लागि इराक पुगेका १२ जनाको २०६१ भदौमा हत्या भएलगत्तै सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । १२ साउन २०६७ मा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इराक प्रतिबन्ध फुकुवा गरे पनि केही समयपछि पुनः प्रतिबन्ध कायम गरिएको थियो । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

    रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

    रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑