• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    होमपेज /  पत्रपत्रिका

    शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० पौष ४, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५३ पटक पढिएको
  • काठमाडौँ, ४ पौष ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ।

    दशरथ रंगशालामा त्रिविद्वारा आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र अभिभावक उपस्थित थिए। दीक्षान्त समारोहमा ‘अफिसियल विश्व रेकर्ड (डब्लुआर)’ का आधिकारिक प्रतिनिधि पनि पुग्न नसकेको निमित्त उपकुलपति प्राध्यापक डा. शिवलाल भुसाल स्वीकार्छन्।

    आधिकारिक विश्व रेकर्ड एसोसिएसन (डब्लुआर) का प्रतिनिधि प्रमाणपत्र प्रदान गर्न समारोह स्थलभित्र छिर्न नसकेपछि विश्वविद्यालयका पदाधिकारीले आफैं प्रमाणपत्र ल्याउनुपरेको तमासा पनि समारोहमा देखियो। उपकुलपति र कुलपति स्वयंले डब्लुआरको प्रमाणपत्र हातमा लिएर देखाएका थिए। ‘विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित गर्ने पहिलो विश्वविद्यालयको रूपमा विश्व रेकर्ड कायम गर्न त्रिवि सफल भएको छ,’ त्रिविको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ, ‘४९औं दीक्षान्त समारोहमै गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि उपस्थित भई उक्त रेकर्ड दर्ता गराएका हुन्।’ जुन सरासर त्रुटिपूर्ण छ।

    लाखौं विद्यार्थी पढाउने विश्वविद्यालयको वेबसाइटमा समेत अफिसियल वल्र्ड रेकर्ड संस्थाको साटो गिनिज विश्व रेकर्ड राख्ने संस्थाको नाम लेखेर गलत सूचना प्रवाह गर्नुलाई शिक्षाविद् विद्यानाथ कोइरालाले हावादारी मानेका छन्। उनले विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाले गलत सूचना प्रवाह गर्दा विद्यार्थीमा समेत नकारात्मक असर पर्ने बताए। उनले विश्वविद्यालयले बेरोजगार विद्यार्थी धेरै उत्पादन गरेर विश्वकीर्तिमान बनाउनुभन्दा सक्षम, योग्य र विश्वबजारमा गरिखाने विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने सुझाए।

    ‘त्रिविको ४९ दीक्षान्त होइन, शिक्षान्त समारोह हो। दीक्षाको होइन, शिक्षाको अन्त्य भएको दिन हो,’ शिक्षाविद् कोइरालाले भने, ‘बेरोजगारको भिड जम्मा गरेर विश्व कीर्तिमान कायम गर्नुभन्दा गुणस्तर वृद्धि गरी विश्वबजारमा आफूले हासिल गरेको ज्ञान, सिप र क्षमता बेचेर गरिखाने बाटो देखाइदिएको भए सही हुन्थ्यो।’ उनले थपे, ‘कुलपति, उपकुलपति, राष्ट्रपतिलगायत व्यक्तित्वले विद्यार्थीलाई शिक्षा, स्वास्थ्य, पर्यटन, मधेस, पहाड, तराईका विभिन्न क्षेत्रमा अवसर देखाइदिएर उनीहरूले हासिल गरेको ज्ञान र सिप ती क्षेत्रमा प्रयोग गरी खाने बाटो देखाउनुपथ्र्यो तर त्यसो गर्न सकेनन्। बेरोजगार विद्यार्थी देखाएर कीर्तिमानको कुनै अर्थ नै छैन।’

    यसपटक विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । जसमध्ये १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी २६ हजार एक सय १६ को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा. भुसालले बताए। विश्व कीर्तिमान बनाउने चक्करमा दशरथ रंगशालाभित्र पूर्ण अस्तव्यस्त अवस्था देखिएको थियो।

    पानीको जार राखिएको थियो तर पिउने ग्लास वा जग नहुँदा विद्यार्थी तिर्खाले प्याकप्याक्ती भए। कतिपय विद्यार्थी र अभिभावक प्यास सहन नसकी पानीको जार नै उठाएर पिउन बाध्य भए । यति मात्र होइन, रंगशालाभित्र शौचालयको व्यवस्थाबारे उचित र सही तबरबाट सूचना सम्प्रेषण हुन नसक्दा विद्यार्थी तथा अभिभावकले असहज महसुस गरिरहेका थिए। प्रहरीले बारम्बार भिड नियन्त्रण गर्न खोज्दा पनि सकेन। गोल्ड मेडलिस्टलाई समेत प्रहरीले हलभित्र छिर्न नदिएको गुनासो सुनियो।

    निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष भुसालले गिनिज विश्व रेकर्डलाई तीन साता चाहिने र त्रिविसँग समय नभएकाले त्यसका प्रतिनिधि आउन नसकेको स्पष्ट पारे। ‘गिनिजसँग त्रिविको कुरा भएको थियो। तीन साता लाग्ने भएकाले हामीसँग समय अभावका कारण गिनिजका प्रतिनिधि आउन सकेनन्। अफिसियल विश्व रेकर्डका प्रतिनिधि रंगशालाबाहिर आए तर प्रहरीले भित्र छिर्नै दिएन,’ भुसालले नागरिकसँग भने, ‘त्रिविकै पदाधिकारीले प्रमाणपत्र ल्याए र मञ्चमा हामी आफैंले सार्वजनिक गरेका हौं।’

    उनले ४९औं दीक्षान्त समारोहको व्यथा यसरी सुनाए, ‘सुरक्षाकर्मी धेरै भएपछि कार्यक्रम अस्तव्यस्त नै हुन्छ। रेकर्डको प्रमाणपत्र दिने प्रतिनिधि मात्र होइन, हाम्रा गोल्ड मेडल हासिल गर्ने दुई विद्यार्थी पनि रंगशालाभित्र सुरक्षाकर्मीकै कारण छिर्न पाएनन्। सुरक्षाकर्मीले भित्र पनि एक ठाउँका व्यक्तिलाई अरू ठाउँमा जान नदिएपछि कार्यक्रम अलि असहज भएको हो।’ धेरै विद्यार्थी पास गराएर विश्व कीर्तिमान प्राप्त गरेसँगे अब त्रिविको शैक्षिक गुणस्तर कायम गर्न र दक्ष जनशक्ति उत्पादनमा थप जोड दिने उनको भनाइ छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

    रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

    रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑