• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

      फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

      आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

      रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

    होमपेज /  पत्रपत्रिका

    नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर २८, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९३ पटक पढिएको
  • काठमाडौं, दोहा । रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भएको भन्दै सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा डायमन्ड सी म्याग्देली नामले चिनिएका ती युवाले सार्वजनिक रूपमै युद्ध लड्न पाउँदा गर्व महसुस भएको बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा २ सय नेपाली भर्ना भएको सार्वजनिक रूपमा अभिव्यक्ति दिएको केही दिनमै ती युवाले सामाजिक सञ्जालमार्फत रुसी सेनामा आबद्ध हुँदा आफूलाई गर्व महसुस गरेका हुन् । सरकारले रुसी सेनाबाट नेपालीहरूलाई फिर्ताका लागि आह्वान गरिरहँदा ती युवाले युद्धमा भाग लिँदा गर्व महसुस भएको भन्दै स्टाटस लेखेका हुन् । हिजो माओवादीमा आबद्ध भएर सशस्त्र द्वन्द्वमा होमिएका डायमन्ड सी नेत्रविक्रम चन्द विप्लपको नेकपामा रहेको देखिन्छ । केही समयअघि विप्लवले नामको पछाडि सी लेख्ने उद्घोष गरेका थिए । सोही उद्घोषअनुसार ती युवाले आफ्नो नामको पछाडि सी लेखेका हुन् ।

    रुसी सेनामा भर्ना भएर हालसम्म ६ नेपालीको मृत्यु हुनुका साथै २८ भन्दा बढी घाइते भएको विवरण आइरहेका बेला माओवादीका पूर्वलडाकु डायमन्ड सीले सार्वजनिक रूपमा रुसी सेनामा भर्ना खुलिरहेको संकेत गर्नुले सरकारलाई समेत झस्काइदिएको छ । वैदेशिक रोजगारीका आकांक्षी नेपालीले रुस–युक्रेन युद्धलाई समेत उपयोग गर्दा आफूलाई जोखिममा पारेका छन् । चालू आवमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो ।

    वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ देखि २०७९–८० बीच ७ सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन् । चालू आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ । पाँच वर्षमा रुस गएको संख्याभन्दा बढी युवा गत वैशाखदेखि कात्तिकसम्ममा रुस पुगेको छ ।

    रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए । युद्ध सुरु भएपछि झन् धेरै रुस जानेक्रम बढेको छ । विभागको तथ्यांकनुसार चालू आव २०८०–८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो । अध्यागमन विभागका अनुसार २०२२ जनवरीदेखि २०२३ नोभेम्बरसम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २ हजार ९ सय नेपाली रुस पुगेका छन्  । त्यसबाहेक यूएईबाट पनि नेपालीहरू रुस गएको तथ्यांक भेटिन्छ ।

    डायमन्ड सीले यसअघि पनि लेनिनको देशमा सिपाहीका रूपमा जिम्मेवारी सुरु गरेको भन्दै एक महिनाअघि सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । ‘लेनिनको देशमा पुगेर पुटिनको सिपाहीका रूपमा जिम्मेवारी सुरु गरेपश्चात विविध कारणले करिब एक महिना सामाजिक सञ्जालमा उपस्थिति जनाउन सकिएन,’ उनले भनेका छन्, ‘यद्यपि, सबैप्रतिको मिठो सम्झना यथावत नै थियो–छ, राइफल त हिजो १० वर्षे जनयुद्धमा पनि बोकेकै हो र आज पनि बोकिएको छ, तर उद्देश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिका लागि र आज पराइ भूमिको रक्षा एवं आफ्नो पारिवारिक व्यवस्थापनका लागि ।’

    डायमन्ड सीले यसपटक भने आफू रहरले नभई बाध्यताले रुसी सेनामा भर्ती भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमूल परिवर्तनका लागि बन्दुक बोकेर झन्डै एक दशक रगत र पसिना बगाइयो, अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन, परिणामतः आज पनि सत्ता–शक्तिको वरिपरि केही मुठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ, परिवर्तनका लागि दशकौं योगदान गरेका हजारौं योद्धा आज परिवार पाल्नकै लागि विदेशका गल्लीगल्लीमा भौंतारिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।’ उनले यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले रुस आएर रुसी सेनामा भर्ती भएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    ‘युद्धरत देशको (यो सामान्य सैनिक जागिरजस्तो होइन) सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक–नकारात्मक सबै विषय अनुभूत गर्न सकिन्छ, यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु,’ उनले सामाजिक सञ्जालको आफ्नो पोस्टमा लेखेका छन् ।

    उनले हिजो आफ्नै मुलुकको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेको प्रति कुनै पश्चाताप, न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीका रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो केही नभएको बताएका छन् । ‘आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन, जोखिमपूर्ण यात्राको पाइलापाइलामा चुनौती त छ नै यद्यपि हार कहिल्यै मानिँदैन, गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले आफू मात्रै नभइ सयौं युवा रुसी सेनामा भर्नाका लागि आउन तयार रहेको जनाउँदै फेसबुकमा रुसी सेनामा भर्ती बन्द भएको कुराको भ्रममा नपर्नसमेत अनुरोध गरेका छन् । उनले सयौं साथीहरूले रसिया भर्ती हुन आउनुप¥यो, के–कसरी हो ? च्यानल मिलाइदिनुप¥यो भनेर आफूलाई म्यासेज गरिराखे पनि एक–एक गरेर सबैलाई जवाफ दिन सम्भव नभएको उल्लेख गरेका छन् ।

    ‘अर्का रुसी सेनामा भर्ती भएका राम आयुष नाम गरेका एक युवाले पनि युक्रेनसँग युद्ध लड्न साथीहरू आर्मी क्याम्प निस्किन लागेको सुनाउदै सबैलाई भगवान्ले रक्षा गर्नुहोस् भनी लेखेका छन् । रामले कसैको छोरा पनि रुसी सेनामा भर्ती भई सम्पर्कविहीन भएको भए आफूलाई भन्न र आफूले खोज्न सहयोग गर्ने बताएका छन् । अहिले रुसी सेनामा ३ देखि ४ हजार जनासम्म नेपाली युवा भर्ती भई युक्रेनविरुद्ध युद्ध लडिरहेको रुसी सेनामा कार्यरत रहेका नेपालीले बताएका छन् ।

    नेपाली नागरिकलाई कुनै पनि मुलुकको सेनामा भर्ती हुने अधिकार छैन, तर लामबद्ध भएर गइरहेछन् । नेपालीलाई कुनै पनि मुलुकमा गएर सेना भएर भर्ती हुने अधिकार नभए पनि नेपाली युवाहरू दलालीका माध्यमबाट रुस र युक्रेनमा सेनामा भर्ना हुन गइरहेका छन् । सन् १९४७ मा नेपाल–बेलायत–भारतबीचको त्रिपक्षीय सन्धिबाहेक नेपाली नागरिकलाई अन्य कुनै पनि मुलुकले सेनामा भर्ती गर्ने अधिकार छैन । तर, सरकारको नीतिविपरीत अन्य द्वन्द्वग्रस्त मुलुकमा गएर आर्थिक लाभका लागि नेपालीहरू सेनामा भर्ती भइरहेका छन् । रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले कूटनीतिक नोट पठाए पनि कुनै जवाफ आएको छैन । परराष्ट्र स्रोतका अनुसार रुसबाट कुनै पनि जवाफ आउन एक महिना लाग्छ ।

    साथै, रुसी सेनामा भर्ती भएका नेपालीलाई युक्रेनीले कब्जामा लिएका छन् । त्यसका लागि युक्रेनसमेतलाई हेर्ने जर्मनीस्थित नेपाली दूतावासले त्यहाँ रहेको युक्रेनी दूतावाससँग लगातार सम्पर्क गर्न खोजे पनि भेटवार्ताका लागि समय नदिएको परराष्ट्र स्रोतको भनाइ छ । परराष्ट्र मन्त्रालयले गत १८ मंसिरमा विज्ञप्ति जारी गर्दै रुसलाई कूटनीतिक पत्राचार गरी नेपालीलाई सेनामा भर्ती नगर्न आग्रह गरेको जनाएको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ ।’

    मन्त्रालयले यसअघि १६ साउनमै विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रबाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको स्पष्ट गरेको थियो ।
    यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

    महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज…

    वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३…

    उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑