• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने समय हो’

      रवीन्द्र मिश्रले गरे मतदान

      दार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म शून्य मतदान

      झापाको हल्दिवारी पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान

      मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार गर्दैनन्

      को हुन् मोज्तबा खामेनी ? जसले पाए इरानको कमान, उनको विश्वभर छ अर्बौंको सम्पत्ति

      सामाजिक सेवामा सक्रिय युवा अशिष डाँगी र उत्सव तिमल्सिनाको अभियान विस्तार

      निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

      प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

      असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको अपिल

      टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

      नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको हिस्सा घट्दो

      निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी कारवाही गर्छः गृहमन्त्री अर्याल

      भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

      ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, भीरमा एक जनाको शव फेला

    होमपेज /  लेख/साहित्य

    निर्वाचन भाँड्न मोर्चा उचाल्दै दाहाल र देउवा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४५२ पटक पढिएको
  • काठमाडौं, १ चैत । ‘मेची–महाकाली राष्ट्रिय अभियान’को क्रममा तराई–मधेसमा नेकपा एमालेको पक्षमा लाखौँको जनसागर उर्लिएको देखेपछि सत्तासिन दलले घोषित स्थानीय तहको निर्वाचन रोक्ने कसरत थालेका छन् । निर्वाचन भए हिमाल, पहाड र तराई सबैतिर नेकपा एमालेको जित सुनिश्चित रहेको देखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन रोक्न कम्मर कसेर लागेका छन् । त्यसका लागि उनीहरूले पुनः मधेसी कार्ड प्रयोग गर्ने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि मुलुक निर्वाचनतिर गइसकेको अवस्थामा दाहाल र देउवाले पुनः संविधान संशोधन प्रस्ताव पारित गराउने र त्यसपछि मात्र निर्वाचनमा जाने अभिव्यक्ति दिँदै त्यसअनुसारका गतिविधि अगाडि बढाएका छन् ।

    संविधान संशोधनमा सघाउने शर्तमा दाहालले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र स्थानीय विकासमन्त्री बनाएर सपथ ग्रहण गराइसकेका छन् भने उपप्रधानमन्त्री पद दिएरै विजयकुमार गच्छदारलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । त्यसका साथै संविधान संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ बहुमत पु¥याउन भन्दै अन्य साना दललाई पनि सरकारमा ल्याउन प्रलोभन दिनेदेखि धम्क्याउनेसम्मका गतिविधि सुरु गरिसकेका छन् । निर्वाचनतर्फ अगाडि बढिसकेको मुलुकलाई एकाएक संशोधनको नाममा पछाडि फर्काउने षड्यन्त्र भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ पुगेको अभियान टोलीबाट काठमाडौं फर्किएका छन् । निर्वाचन रोक्न राजधानीमा अनेक षड्यन्त्रका तानाबाना बुन्न थालिएपछि अध्यक्ष ओली काठमाडौं फर्किएका हुन् । सहिद दिवस पारेर गत फागुन २१ गते झापाबाट सुरु भएको अभियान हेटौँडा, चितवन, नवलपरासी, भैरहवा हुँदै दाङ पुगेको हो । सोमबार कपिलवस्तुको जीतपुर, चन्द्रौटा हुँदै दाङको लमही र घोराहीमा विशाल जनसभा गरिएका छन् । त्यसअघि २९ गते रुपन्देहीको भूमही, भैरहवा र बुटवलमा सभा भएका थिए । २८ गते भने चितवनको भरतपुरमा विशाल सभा भएको थियो ।

    त्यसअघि हेटौँडामा विशाल जनसभा भएको थियो । चैत १ गते बाँकेको नेपालगन्ज र बर्दियाको गुलरिया, २ गते कैलालीको राजापुर, टीकापुर र लम्बी, ३ गते कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा जनसभा तथा ४ गते महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । अभियानको अन्तिम दिन अर्थात पन्ध्रौँ दिन ५ गते सुर्खेतमा जनसभा गरेर अभियान बिसर्जन गरिनेछ । अहिलेसम्म सम्पन्न भएका सबै जनसभामा लाखौँ जनता सहभागी भएका छन् । नेकपा एमालेको अभियान टोलीले तय गरेका राजमार्गहरू र सभास्थलहरू एमाले नेता–कार्यकर्ता र जनताले भरिभराउ भएका छन् । ती सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले स्थानीय निकायको निर्वाचन सम्पन्न गरेर संविधानद्वारा स्थापित राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्नुपर्ने बताएका छन् । सरकारले स्थानीय निकायको निर्वाचन गर्न मिति घोषणा गरे पनि निर्वाचन गराउनेमा शंका व्यक्त रहेको भन्दै अध्यक्ष ओलीले सरकारका काम कारबाहीलाई चनाखो भएर हेर्न र निर्वाचनका निम्ति दबाब सिर्जना गर्न जनतालाई आह्वान गर्दै आएका छन् । अध्यक्ष ओलीले हेटौंडा, चितवनका सभालाई सम्बोधन गर्ने क्रममा पनि निर्वाचनप्रति सरकार गम्भीर नभएको आशंका व्यक्त गरेका थिए ।

    अध्यक्ष ओलीले सभामा दिएको अभिव्यक्ति जस्तै काठमाडौंमा सरकार निर्वाचन हुन नदिने चलखेलमा आफैँ लागेको छ । चुनाव रोक्नकै लागि सरकारकै डिजाइनमा सप्तरीको राजविराजमा एमाले सभामा आक्रमण गराइएको थियो । घटनापछि तीन दिन अभियान रोक्ने निर्णय गर्दै काठमाडौं फर्किएका नेताहरूले फागुन २५ मा पत्रकार सम्मेलन गरेर राजविराजमा नेकपा एमालेका नेताहरूको सामूहिक हत्या गर्ने षड्यन्त्रको पर्दाफास गरेका थिए । लगत्तै २७ गते हेटौंडामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘राजविराजमा हाम्रो सामूहिक हत्या गर्ने कोसिस गरियो । तर, देशका लागि मर्नु परेमा नेकपा (एमाले) अध्यक्ष र यसका नेताहरू तयार छन् । हामी म¥यौँ भने नेतृत्व गर्न हाम्रा हजारौँ नेता तयार छन् । तर, ख्याल राखे हुन्छ, एमालेका नेता–कार्यकर्ताको हत्या गर्ने मधेसी मोर्चाका नीति महंगो पर्नेछ ।’ अध्यक्ष ओलीले नेकपा (एमाले) का नेता–कार्यकर्ताहरूलाई तराईमा मारेर राष्ट्रियता, निर्माण र एकताको अभियान समाप्त नहुने चेतावनी दिए ।

    त्यसअघि कञ्चनपुरको महेन्द्रनगरमा एक नेपाली नागरिकको भारतीय सीमा सुरक्षा बलले गोली हानेर हत्या गरेको विषयलाई समेत जोड्दै उनले भारत नेपालको असल छिमेकी बन्न नसकेको बताए । ‘भारत नेपालको छिमेकी हो, मित्र हो । तर, मित्रले मित्रवत् व्यवहार गर्नुपर्छ । अलिकति ठूलो भयो भन्दैमा नेपालका सिमाना मिच्ने, नेपाली भूमिभित्र पसेर नेपाली नागरिकमाथि गोली चलाउने, अनेक काममा अर्घेल्याइँ गर्ने अहंकारबाट भारत मुक्त हुनुपर्छ,’ अध्यक्ष ओलीले भने । राजविराजमा मोर्चाले जानाजान रक्तपात मच्चाएको भन्दै उनले थपे, ‘प्रहरीमाथि आक्रमण गरेर त्यहाँका मानिसलाई मर्न बाध्य बनाएर लासमाथि राजनीति गर्न चाहेको छ । आफू घाइते भएर पनि सुरक्षा कायम गर्ने सुरक्षाकर्मीका अफिसरलाई काठमाडौँ फिर्ता बोलाएबाटै सरकारको नियत छर्लंग हुन्छ ।’ भोलिपल्ट चितवनको सभालाई सम्बोधन गर्ने क्रममा पनि अध्यक्ष ओलीले नेकपा एमालेमाथि अनेकखाले षड्यन्त्र भइरहेको फेहरिस्त सुनाए । नेकपा एमालेमाथि जनताको अगाध आस्था र विश्वास देखा परिरहेका बेला दाहाल र प्रचण्ड भने सम्भावित निर्वाचन परिणामको भयले तिलमिलाएर निर्वाचन बिथोल्ने षड्यन्त्रमा सक्रिय भएर लागेका छन् । यो अभियानको नेतृत्व देउवाले नै लिएको जस्तो देखिएको छ । आइतबार देउवाले मधेसी मोर्चाका प्रमुख नेता महन्थ ठाकुरलाई बोलाएर संविधान संशोधनअघि निर्वाचन नहुने कुरामा स्पष्ट हुन भन्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरे ।

    संविधान संशोधन पारित नगरेसम्म सरकारले कुनै हालतमा निर्वाचन नगराउने भन्ने कुरामा विश्वास दिलाउँदै देउवाले कमल थापालाई त्यही कारण सरकारमा ल्याएको र केही दिनमै विजयकुमार गच्छदारलाई पनि सरकारमा ल्याउने तयारी भइरहेको बताएका थिए । त्यसअघि सिंहदरबारमा बोलाएको पार्टीका उपलब्ध केन्द्रीय सदस्य र सांसदहरूको बैठकमा पनि देउवाले संविधान संशोधन नगर्दासम्म निर्वाचन गर्न नसकिने अवस्था सिर्जना भएकाले अब पहिले संशोधन पारित गराउने काममा लाग्नुपर्ने अवस्था आएको ब्रिफिङ नेताहरूलाई सुनाएका थिए । तर, देउवा र दाहालको पछिल्लो समानखालको अभिव्यक्ति लैनचौरबाटै आउने गरेको धारणासँग ठ्याक्कै मेल खाएको छ । केही दिनअघि लैनचौरमा आयोजित एक औपचारिक कार्यक्रममा भारतको आधिकारिक धारणा भन्दै भारतीय दूतावासका माथिल्लो तहका अधिकारीहरूले संविधान संशोधन नहुँदासम्म निर्वाचन हुन नसक्नेमा भारत स्पष्ट रहेको बताएका थिए । लैनचौरबाट यस्तो धारणा सार्वजनिक भएपछि दाहाल र देउवाको टोन पनि बदलिएर चुनावतिरभन्दा संशोधनतिर गएको देखिन्छ । स्थानीय तहको निर्वाचन जसरी पनि रोक्ने षड्यन्त्रमा लागेका दाहाल र देउवाले अहिले पुनः मधेसी कार्ड प्रयोग गर्न थालेका छन् । मधेसी कार्ड प्रयोग गरेर ‘प्रभू’ रिझाउने रणनीतिमा उनीहरू लागेका छन् । प्रभू रिझाउनका लागि सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि मंगलबार भारत जाँदैछन् । सुरक्षासम्बन्धी बैठकमा भाग लिन जान लागेका भनिएका निधिले नयाँ दिल्ली पुगेर भारतीय प्रधानमन्त्रीदेखि अन्य सबै प्रभावशाली नेतालाई भेट्ने कार्यक्रम तय गरिसकेका छन् ।

    यसले पनि दाहाल र देउवा कुनै हालतमा आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउन चाहँदैनन् भन्ने स्पष्ट पारेको छ । ‘हाम्रो हत्या गरे हजारौँ नेता तयार छन्’ ‘मेची–महाकाली राष्ट्रिय अभियानको दौरान नेपाली जनताको उपस्थितिले नेकपा एमालेप्रति नेपाली जनताको अगाध आस्था, विश्वास र भरोसा रहेको पुष्टि गरेको छ । तराई–मधेसका लाखौँ जनता एमालेको पक्षमा देखेपछि स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्रका तानाबाना बुनिएका खबर पनि आउन थालेका छन् । यो सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा त गरेको छ, तर, यसले निर्वाचन गराउँछ भन्नेमा अझै ढुक्क हुन सकिने अवस्था छैन । त्यसैले हामी सबै सजग रहन आवश्यक छ ।’ फागुन २८ मा चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा दसौँ लाख जनता सहभागी विशाल जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसो भनेका हुन । त्यसअघि फागुन २७ गते उनले हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै राजविराजमा पार्टीका नेताहरूको सामूहिक हत्या गर्ने कोसिस भएको बताए । ‘तर, देशका लागि मर्नु परेमा नेकपा (एमाले) अध्यक्ष र यसका नेताहरू तयार छन् । हामी म¥यौँ भने नेतृत्व गर्न हाम्रा हजारौँ नेता तयार छन्,’ उनले भने,, ‘ख्याल राखे हुन्छ, एमालेका नेता–कार्यकर्ताको हत्या गर्ने मधेसी मोर्चाका नीति महंगो पर्नेछ ।’ अध्यक्ष ओलीले नेकपा (एमाले) का नेता–कार्यकर्ताहरूलाई तराईमा मारेर राष्ट्रियता, निर्माण र एकताको अभियान समाप्त नहुने चेतावनी पनि दिए ।

    भारतीय सीमा सुरक्षा बलले नेपालको भूमिभित्रै प्रवेश गरेर नेपालीको हत्या गरेको घटनाको समेत चर्चा गर्दै ओलीले नारायणगढको सभामा भने, ‘भारत नेपालको छिमेकी हो, मित्र हो । तर, मित्रले मित्रवत् व्यवहार गर्नुपर्छ । अलिकति ठूलो भयो भन्दैमा नेपालका सिमाना मिच्ने, नेपाली भूमिभित्र पसेर नेपाली नागरिकमाथि गोली चलाउने, अनेक काममा अर्घेल्याइँ गर्ने अहंकारबाट भारत मुक्त हुनुपर्छ ।’ दृष्टि

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने…

    रवीन्द्र मिश्रले गरे मतदान

    दार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म…

    झापाको हल्दिवारी पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे…

    तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने…

    झापाको हल्दिवारी पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे…

    निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑