• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • को हुन् मोज्तबा खामेनी ? जसले पाए इरानको कमान, उनको विश्वभर छ अर्बौंको सम्पत्ति

      सामाजिक सेवामा सक्रिय युवा अशिष डाँगी र उत्सव तिमल्सिनाको अभियान विस्तार

      निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

      प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

      असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको अपिल

      टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

      नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको हिस्सा घट्दो

      निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी कारवाही गर्छः गृहमन्त्री अर्याल

      भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

      ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, भीरमा एक जनाको शव फेला

      प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

      इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

      रोग प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा राम्रो औषधि हो बेसार हालेको दूध, दैनिक पिउँदा मिल्छ ५ ठूला फाइदा

      एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

      हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    होमपेज /  पत्रपत्रिका

    बामदेव र आईजीपीको सहमतिमा ढुंगेल पक्राउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक १६, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४८ पटक पढिएको
  • काठमाडौं,  कार्तिक १६। सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्दा माओवादी केन्द्र र नेकपा एमालेलाई प्रहरीले अगाडि नै जानकारी दिएको रहस्य खुलेको छ । २०७३ चैत ३१ मा सर्वोच्चले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालका नाममा ७ दिनभित्र ढुंगेललाई पक्राउ गरी अदालतमा प्रतिवेदन पेस गर्न आदेश दिएसँगै आईजीपी अर्याल तनावमा परेका थिए । तर, माओवादी केन्द्र नै सरकारमा रहेको र पक्राउ गर्दा पद गुम्ने डरले आईजीपी अर्याल पछाडि हटेका थिए ।

    अहिले माओवादी केन्द्र सरकारमा भए पनि विना विभागियको हैसियतमा रहेको तर, राजनीतिक तहमा माओवादी र एमालेको बढ्दो प्रभावलाई कमजोर बनाउन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमार्फत प्रहरीलाई दबाब दिएपछि ढुंगेल पक्राउ परेका हुन् । अर्याललाई आईजीपी बनाए लगत्तै तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालिन डिआईजी नबराज सिलवालको योजनामा अर्याललाई असफल बनाउन ‘ढुंगेल अस्त्र’ प्रयोग गरेकी थिइन् ।  यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

    उनले त्यतिखेर सात दिन भित्र ढुंगेललाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश मात्र जारी गराइनन्, ‘आफू र आफू मातहतको सम्पूर्ण प्रहरी संरचना परिचालन गरी जो जससँग समन्वय गर्नुपर्ने हो, सो त्यहाँबाटै गरी आदेशबमोजिम प्रतिवादी निज बालकृष्ण ढुंगेललाई जहाँ भए पनि खोजतलास गरी ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्नु’ भनी नेपाल प्रहरीका आईजीपीका नाममा उर्दी जारी गराइन् । प्रधानन्यायाधीश भएलगत्तै कार्कीले ढुंगेललाई प्रहरीले नै पक्रन नमानेको दावी समेत गरेकी थिइन् । आफ्नो पद गुम्ने डरले सर्वोच्चले दिएको म्याद गुज्रिसक्दा पनि आईजीपी अर्यालले ढुंगेललाई पक्राउ गर्न आनाकानी गर्दै आएका थिए ।

    तर, अहिले भने अर्यालले आफ्नो पद जोगाउनकै लागि ढुंगेललाई सहमतिमै पक्राउ गरेका हुन् । एमाले स्रोतका अनुसार ढुंगेललाई पक्राउ नगरेपछि प्रधानमन्त्री देउवाले अर्याललाई पदबाट हटाउन लागेका थिए । तर, ढुंगेलकै कारण आफूलाई हटाउने जानकारी पाएलगत्तै आईजीपी अर्याल एमाले उपाध्यक्ष बामदेव गौतमको शरणमा पुगेका थिए । विगत केही दिन देखि अर्याल बामदेव निवास भैंसेपाटी धाइरहेका थिए । त्यसपछि उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ढुंगेललाई पक्राउ नगरे अर्यालको पद गुम्ने र देउवाले आफू अनुकुल आईजीपी बनाएर चुनावमा पेल्ने रणनीति बनाएको सुनाएपछि तीनै नेता र आईजीपी बीचको सहमतिमा ढुंगेल पक्राउ परेका हुन् ।

    स्रोतका अनुसार अर्याल नै आईजीपीमा कायम हुँदा चुनावमा देउवाले सोचेजस्तो नहुने निष्कर्षमा पुगेपछि ढुंगेललाई पक्राउ गर्ने विषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत भएका हुन् । त्यसैले पनि एमाले र माओवादीले चुनाव भाँड्नलाई देउवाले ढुंगेललाई पक्राउ गर्ने रणनीति बनाएको बताउन थालेका छन् ।

    तर, ढुंगेल पक्राउ परेपनि आईजीपी अर्यालको पद गुम्ने त्रास भने कायमै छ । किनकी काठमाडौंको मुटु मानिएको बानेश्वर जस्तो स्थानमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली प्रहार गरी हत्या भएको घटनाका दोषीलाई उनले अहिलेसम्म पनि पक्राउ गरी सार्वजनिक गर्न सकेका छैनन् ।यता उपाध्यक्ष गौतमले आफ्नी श्रीमतीलाई समानुपातिक सूचिमा राखेका छन् । उनले तुलसा थापा मगरलाई समानुपातिक सूचिमा राखेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    को हुन् मोज्तबा खामेनी ? जसले पाए इरानको…

    सामाजिक सेवामा सक्रिय युवा अशिष डाँगी र उत्सव…

    निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

    निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

    असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको…

    निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑