सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको कारोबारको क्रममा शेयर बजारमा आज दोहोरो अङ्कको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १५.३९ अङ्कले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स र अन्य समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको उपसूचक सबैभन्दा बढी १.२४ प्रतिशतले उकालो लागेको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १६५ वटाको शेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ । बुङ्गल हाइड्रो, हिमालयन एभरेस्ट इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज एभरेस्ट कलरको शेयर मूल्य ५ प्रतिशतले बढेको छ । बजार समग्रमा उकालो लागे पनि मानुषी लघुवित्तको शेयर मूल्य भने ८ प्रतिशतले घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३५० वटा कम्पनीका १ करोड ४६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा किनबेच भएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा