सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रिय जेन्जी नागरिक अभियानले आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो ।
अभियानका अनुसार आनि छोइङ डोल्मासम्बन्धी नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले विधि र प्रक्रिया मिचेर नियुक्ति गरेको भन्दै प्रश्न उठाइएको छ ।
अभियानले यसअघि पनि उक्त नियुक्तिको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । तर, आफ्ना माग र सार्वजनिक चासोलाई बेवास्ता गर्दै सरकारले उनलाई लुम्बिनी विकास कोषमा उपस्थित गराएर कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको भनाइ छ ।
नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा रिट दर्ता गराइएको अभियानले जनाएको छ ।
रिट निवेदकमा अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटी रहेका छन् ।









काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा