• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

      दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

      बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

      उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार

      धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

      सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

      आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

      आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

      कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

      जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

      क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

      डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न चिकित्सक संघको माग

      नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

      नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

    होमपेज /  अन्य

    अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २१, शुक्रबार (९ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३ पटक पढिएको
  • झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा आयोजना हुने ४४औँ वार्षिक अनुष्ठानका अवसरमा धार्मिक गतिविधिसँगै युवालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले मङ्सिर ९ गते मिनी म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।

    आगामी मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको अवसरमा आयोजना गरिने मिनी म्याराथनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

    मिनी म्याराथन आयोजक समितिका संयोजक मिलन बस्नेतका अनुसार प्रतियोगिता अर्जुनधारा जलेश्वरधामबाट सुरु भई शनिश्चरे खानेपानी, सालबारी झिल र अर्जुनधाराका विभिन्न शाखा सडक हुँदै पुनः पिपलचोकमा पुगेर समापन गर्ने तयारी गरिएको छ। प्रतियोगिताको रुट, प्राविधिक पक्ष तथा व्यवस्थापकीय तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

    धामका पीठाधीश पं. अग्निप्रसाद सिग्देलले अर्जुनधारा जलेश्वरधामको धार्मिक तथा पर्यटकीय महत्त्वको प्रचारप्रसार गर्नुका साथै स्थानीय युवालाई खेलकुद गतिविधिमा जोड्ने उद्देश्यले मिनी म्याराथन आयोजना गर्न लागिएको बताउनुभयो।

    उहाँका अनुसार धार्मिक अनुष्ठानलाई पूजा, पाठ र प्रवचनमा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिसँग जोडेर समुदायको सहभागिता बढाउने योजना बनाइएको छ।

    ‘पूर्वको पशुपतिनाथ’का रूपमा परिचित अर्जुनधारा जलेश्वरधाममा मंसिर १४ गते बिहान ११ बजे कलश यात्रासहित नगर परिक्रमा गरेर वार्षिक अनुष्ठान सुरु हुनेछ। बाला चतुर्दशीका दिन सतबिज रोपण तथा पूर्णाहुतिसहित अनुष्ठान समापन गरिने धाम समितिले जनाएको छ।

    अनुष्ठान अवधिभर दैनिक मण्डप पूजा, श्रीमद्भागवत कथा प्रवचन, महाआरती, भजनकीर्तन तथा लाखबत्ती प्रज्वलनलगायत धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। सिक्किमको मङ्गलधामका भागवत भास्कर गुरुजी १००८ प्रमोद सुधाकर महाराजजीले कथा वाचन गर्नुहुने कार्यक्रम रहेको छ।

    धाम समितिका अध्यक्ष नवीन गट्टानीले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको धामको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले अनुष्ठानलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको बताउनुभयो।

    आठ दिनसम्म सञ्चालन हुने अनुष्ठानका लागि ५५ लाख २० हजार रुपैयाँ आम्दानी र ३९ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमबाट १५ लाख ८५ हजार रुपैयाँ बचत हुने अनुमान समितिले गरेको छ।

    अनुष्ठान व्यवस्थापनका लागि कार्यालय सञ्चालन, पण्डाल, विद्युत्, आवास, प्राथमिक स्वास्थ्य उपचार, सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायतका २४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचार विभाग प्रमुख एवं अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश राईले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार

    आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

    प्रधानमन्त्री बालेनलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन ज्ञानेन्द्र शाहीको माग

    राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

    हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन

    बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

    अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑