• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो : सह–महामन्त्री शिवाकोटी

      पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ : विश्वप्रकाश शर्मा

      वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

      गण्डकीका अधिकांश स्थानमा वर्षा

      फुसका घर र झाडीबाट उठेको भैरहवा : शहरीकरणको गतिलो नमूना

      डोल्पा कारागारबाट सुरुङ खनेर कैदी भागेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न

      अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

      ५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य

      नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा : गाउँदेखि व्यापारिक सहरसम्मको यात्रा

      प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ

      समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

      उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही

      आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

      समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

      समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ, महासंघले भन्यो– राज्य आतंक

    होमपेज /  अन्य

    भोटेकोशी र बुढीगण्डकी बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १४, शुक्रबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५३ पटक पढिएको
  • काठमाडौं । भोटेकोशी र बुढीगण्डकी करिडोरमा गएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको नेपाली सेनाले जनाएको छ ।

    भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरूसँग भएको छलफलका क्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे जानकारी गराएका हुन् ।

    समितिमा प्रस्तुतीकरण गर्दै सहायक रथी थापाले भोटेकोशी क्षेत्रमा आएको बाढी नेपालमा यसअघि अनुभव नगरिएको प्रकृतिको रहेको र त्यसका लागि पर्याप्त पूर्वतयारी नभएको निष्कर्ष सुनाए । विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सञ्चालन हुँदै आएका कार्यक्रम र ‘रेजिलियन्स स्टाट्र्स फ्रम होम’ अर्थात् घरबाटै विपद् प्रतिरोधात्मक क्षमताको सुरुवात हुनुपर्ने अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको उनले बताए ।

    उनले भने, ‘ भोटेकोशी क्षेत्रमा आएको बाढी नेपालमा यसअघि कहिल्यै नदेखिएको प्रकृतिको थियो। यस्तो विपद्का लागि हामी पर्याप्त रूपमा तयारी अवस्थामा रहेको पाइएन। विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन भए पनि ‘रेजिलियन्स स्टाट्र्स फ्रम होम’ अर्थात् विपद् प्रतिरोधात्मक क्षमताको सुरुवात घरैबाट हुनुपर्छ भन्ने अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको हामीले महसुस गरेका छौँ ।’

    उनका अनुसार हिमपहिरो तथा गेग्रानसहित आएको भोटेकोशीको बाढीले रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, हाकु, बेत्रावती हुँदै त्रिशूली क्षेत्रसम्म ठूलो क्षति पु¥याएको थियो । बाढीको तीव्र वेग र उच्च बहावका कारण छोटो समयमै ठूलो मानवीय तथा भौतिक क्षति भएको उनको भनाइ थियो ।

    बाढीका कारण ८६ जनाले ज्यान गुमाएको र ठूलो सङ्ख्यामा व्यक्ति बेपत्ता भएको विवरण प्रस्तुत गर्दै उनले जलविद्युत् आयोजना, भन्सार, शिक्षा तथा स्वास्थ्य पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको जानकारी दिए । उनका अनुसार प्रारम्भिक क्षतिको आंकलनमा करिब १ अर्ब ८१ करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गरिएको छ ।

    ९६ घण्टामा ३ हजारभन्दा बढीको हवाई उद्धार

    बाढीको सूचना प्राप्त हुनासाथ नेपाली सेनाले स्थानीय सुरक्षा निकायलाई सतर्क गराउनुका साथै हवाई माध्यमबाट उद्धार टोली परिचालन गरेको थियो । उद्धार तथा खोज कार्यलाई तत्कालीन खोज तथा उद्धार, मध्यकालीन खोज तथा शव व्यवस्थापन र दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माण गरी तीन चरणमा अघि बढाइएको सहायक रथी थापाले बताए ।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रमा हवाई उद्धारका लागि २१ वटा हेलिकप्टर परिचालन गरिएको थियो । उद्धारको पहिलो ९६ घण्टालाई महत्त्वपूर्ण समयावधिका रूपमा लिँदै उक्त अवधिमा मात्रै ३ हजार २४३ जनाको हवाई उद्धार गरिएको थियो । कुल हवाई उद्धार गरिएका ४ हजार २२० जनामध्ये करिब ७५ प्रतिशतको उद्धार पहिलो ९६ घण्टाभित्रै गरिएको उनले जानकारी दिए ।

    उद्धारका क्रममा हवाई गस्ती, ड्रोन, थर्मल इमेजिङ क्यामेरा तथा स्थलगत खोजीलाई एकसाथ अघि बढाइएको थियो । प्रभावित क्षेत्रलाई विभिन्न भागमा विभाजन गरी मानिस जीवित रहन सक्ने सम्भावित स्थान पहिचान गरेर खोजी गरिएको उनले बताए ।

    टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, हाकु, बेत्रावती, देवीघाटलगायत क्षेत्रमा पटक–पटक स्थलगत निरीक्षण, घरघरमा खोजी तथा हवाई गस्ती गरिएको थियो । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र स्थानीयबाट प्राप्त सूचनालाई समेत प्रमाणीकरण गरी खोज तथा उद्धारमा प्रयोग गरिएको उनले बताए ।

    बाढी आएको ११औँ दिनमा सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा बेत्रावती क्षेत्रबाट एक महिलालाई जीवितै उद्धार गरिएको घटनालाई पनि उनले उद्धार अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे ।

    जलविद्युत् आयोजनाका सुरुङमा जटिल उद्धार

    भोटेकोशी बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाका ६ वटा सुरुङमा समेत खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । प्रारम्भिक विवरणअनुसार ती आयोजनामा कार्यरत २ हजार २१५ जना कामदारमध्ये ८८८ जना हराइरहेको सूचना प्राप्त भएपछि उद्धार टोलीले सुरुङभित्र खोजी सुरु गरेको थियो ।

    सहायक रथी थापाका अनुसार सुरुङसम्म पुग्ने बाटो अवरुद्ध हुनु, ठूलो उपकरण लैजान नसक्नु, पानी र गेग्रान जम्नु, अक्सिजनको कमी हुनु तथा संरचना भत्किनु उद्धारका प्रमुख चुनौती थिए । कतिपय स्थानमा हातैले खनेर तथा वैकल्पिक सुरुङ बनाएर उद्धार टोली भित्र प्रवेश गर्नुपरेको थियो ।

    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्ने क्रममा चार जना कामदारको शव फेला परेको उनले जानकारी दिए । त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस क्षेत्रमा लामो समयसम्म खोजी गर्दा पाँच जनाको शव फेला परेको थियो ।

    अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा समेत नेपाली, भारतीय तथा अन्य विदेशी उद्धार टोलीको सहयोगमा खोजी गरिएको थियो । सो क्रममा ११औँ दिनमा एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको उनले बताए । बाढीबाट बनेको हावाको खाली स्थान (एयर पकेट) तथा तुलनात्मक रूपमा सुरक्षित ठाउँमा रहन पाएकाले ती व्यक्ति जीवित रहन सफल भएको हुन सक्ने सेनाको अनुमान छ ।

    त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको र एक जनाको शव फेला परेको जानकारी पनि उनले दिए । अन्य प्रभावित सुरुङ तथा जलविद्युत् आयोजनामा समेत विभिन्न चरणमा खोजी र उद्धार कार्य सञ्चालन गरिएको थियो ।

    सुरुङभित्र उद्धारका क्रममा नेपाली सेना, भारतीय उद्धार टोली तथा अन्य विदेशी प्राविधिक टोलीको सहयोग लिइएको थियो । प्रत्येक सुरुङको अवस्था फरक भएकाले एउटै विधिबाट सबै ठाउँमा उद्धार गर्न सम्भव नभएको उनको भनाइ थियो ।

    सुरुङभित्र हराएका व्यक्तिको सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यममा आएका विवरणमा एकरूपता नरहेको उल्लेख गर्दै उनले निर्माण कम्पनीबाट कामदारको यकिन विवरण प्राप्त गर्न कठिनाइ भएको बताए । उपलब्ध विवरण र उद्धार कार्यको विश्लेषणका आधारमा अझै केही व्यक्ति बेपत्ता हुन सक्ने सम्भावना रहेकाले खोज तथा उद्धारलाई निरन्तरता दिइएको उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

    अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

    ५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य

    नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा : गाउँदेखि व्यापारिक सहरसम्मको यात्रा

    समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

    समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ, महासंघले भन्यो– राज्य आतंक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो : सह–महामन्त्री शिवाकोटी

    पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ :…

    वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको…

    गण्डकीका अधिकांश स्थानमा वर्षा

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश…

    आर्थिक

    डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

    एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

    सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑