सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज सुनको भाउ प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो मूल्य समायोजनसँगै एकै दिन सुन र चाँदी दुवैको भाउ घटेको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा