सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ। डिजिटल कारोबार प्रवर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित एवं नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याएको हो।
यस योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका डेबिट कार्ड लिएका ग्राहकहरूले दराज नेपालमार्फत न्यूनतम रु. १,९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ७५० सम्म छुट प्राप्त गर्नेछन्। त्यस्तै, क्रेडिट कार्डवाहक ग्राहकहरूले न्यूनतम रु. १,९९९ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. १,००० सम्म छुट पाउनेछन्।
यो योजना हरेक सोमबार मात्र लागू हुने तथा सीमित संख्यामा र पहिलो आउने ग्राहकलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरूले समयमै योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।
यस्ता योजनामार्फत बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहन गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, दैनिक कारोबारमा थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि प्रदान गर्न योजना सहयोगी हुने बैंकको विश्वास छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा