• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

      जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

      जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण

      महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

      कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २ अर्ब जरिवाना

      उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

      फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

      सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक साताभित्र संसदीय समिति गठन गर्न सुझाव

      बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल

    होमपेज /  समाचार

    सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक साताभित्र संसदीय समिति गठन गर्न सुझाव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले विपत्तिपछि राहत, उद्धार तथा पुनस्र्थापनाको कामलाई व्यवस्थित र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन्।

    मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा सभामुख डीपी अर्यालसँग भेटवार्ता गर्दै आङदेम्बेले समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे छलफल गरेका हुन्।

    भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपत्तिका बेला प्रभावित नागरिकलाई राज्यको अनुभूति दिलाउन संसदीय उच्चस्तरीय समिति आवश्यक रहेको बताए।

    उनले भने, ‘पहिला सर्वदलीय बैठक सत्तापक्षका सभापतिज्यूले आह्वान गरेको सर्वदलीय बैठक थियो। र त्यो बैठक पछाडि विपत्तिमा सर्वदलीय ढङ्गबाट अनुगमन गर्ने, निर्देशन गर्ने, पारदर्शितालाई कायम राखेर व्यवस्थापनलाई थप व्यवस्थित गर्ने र पुनस्र्थापनाको पाटोमा साह्रै गम्भीरता र संवेदनशीलताका साथ पीडितहरूले राज्य रहेकै महसुस गर्न सकोस् भनेर परिकल्पना गरिएको थियो एउटा संसदीय उच्चस्तरीय समिति।’

    सर्वदलीय बैठकमा समिति गठन गर्ने विषय उठेको र सत्तापक्षका सभापतिले संसद्को रोस्ट्रमबाट समेत त्यसलाई उल्लेख गरेको भन्दै उनले १७–१८ दिन बितिसक्दा पनि समिति गठन नभएको बताए।

    ‘चाँडोभन्दा चाँडो त्यो चाहिँ संसदीय उच्चस्तरीय समिति गठन गरेर यसको अहिलेको राहत व्यवस्थापनदेखि र पुनस्र्थापनाको जुन पाटो छ, पीडितहरूलाई हेर्ने, उहाँहरूको कुन अवस्था छ, बालबच्चाको कुरा भो, सुत्केरी महिलाहरूको, महिलादेखि लिएर बालबच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको पुनस्र्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई जिम्मेवारीपूर्ण ढङ्गबाट, पारदर्शी ढङ्गबाट गर्नुपर्छ,’ उनले भने।

    उनले विपत्तिमा सहयोग गर्ने व्यक्ति तथा संस्थाबाट प्राप्त राहत र सहयोगको सदुपयोग भइरहेको छ भन्ने विषयमा समेत राज्यले स्पष्ट पार्नुपर्ने बताए।

    आङदेम्बेले संसदीय उच्चस्तरीय समिति सरकारको विरोधका लागि नभई सरकारलाई थप व्यवस्थित र जिम्मेवार बनाउनका लागि आवश्यक रहेको स्पष्ट पारे।

    ‘सरकारले आफ्नो विपक्षीको रूपमा यो सर्वदलीय समिति गठनको जुन संसदीय समिति गठनको कुरा गरेका छौँ, यसलाई त्यसरी हेर्नुहुँदैन। यो सहयोगी संस्था हो। त्यसमाथि पनि संसद् भनेको सबैभन्दा ठूलो जवाफदेही भएको एउटा आधिकारिक संस्था हो, संवैधानिक संस्था हो,’ उनले भने।

    उनका अनुसार समितिले राहत तथा उद्धारको काम कहाँ प्रभावकारी भइरहेको छ र कहाँ पुग्न नसकेको अवस्था छ भन्ने विषयमा समन्वय र अनुगमन गर्न सक्नेछ। यसबाट विपत्तिको समयमा राज्यको उपस्थिति रहेको अनुभूति प्रभावित नागरिकलाई गराउन सहयोग पुग्ने उनको भनाइ छ।

    भेटवार्ताका क्रममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका विषयमा समेत सभामुखलाई जानकारी गराएको आङदेम्बेले बताए।

    उनले विपत्ति आएको १० गते नै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभाको कार्यतालिकाअनुसार तय भए पनि त्यसबेलाको परिस्थिति र अहिलेको अवस्था फरक भइसकेको बताए।

    ‘प्रश्नोत्तर चाहिँ संसद्को अभिन्न अङ्ग पनि भएको हुनाले र प्रधानमन्त्री, कार्यकारी निकाय र संसद्सँगको प्रत्यक्ष संवाद पनि भएको हुनाले, त्यो विषयमा मैले उहाँलाई जानकारी गराएको छु,’ उनले भने।

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अहिलेको परिस्थितिअनुसार नयाँ ढङ्गबाट चाँडै सुरु गर्न सभामुख सकारात्मक रहेको उनले बताए।

    प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा सहभागी हुन जाने सन्दर्भमा पनि आफूले सभामुखलाई ध्यानाकर्षण गराएको आङदेम्बेले बताए।

    उनले महासभामा बोल्ने समय सीमित हुने भएकाले मुलुकका महत्वपूर्ण विषय र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न पूर्वतयारी आवश्यक रहेको बताए।

    प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय संयन्त्रको बैठक बोलाएर महासभामा उठाइने विषयमा छलफल गर्नुपर्ने वा भइरहेको तयारीलाई थप विश्वसनीय र प्रभावकारी बनाउनुपर्ने धारणा आफूले राखेको उनले बताए।

    भेटका क्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे समेत सभामुखलाई जानकारी गराएको आङदेम्बेले बताए।

    उनका अनुसार कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, त्यसपछि १० गते प्रदेश र क्षेत्रको अधिवेशन तथा १६ देखि १९ गतेसम्म केन्द्रीय अधिवेशन हुँदैछ।

    उनले पार्टीभित्रको वडा तहदेखि केन्द्रीय अधिवेशनसम्मको कार्यतालिका सभामुखलाई जानकारी गराएर आफू फर्किएको बताए।

    ‘ग्रे जोन’ रिपोर्ट सार्वजनिक भएको विषयमा कांग्रेसको धारणा सोध्दा आङदेम्बेले अहिले बाहिर आएका विषयहरू पत्रपत्रिकामा प्रकाशित सामग्री भएको बताए।

    उनले जिम्मेवार व्यक्तिहरूको तर्फबाट आएका विषय भए त्यसमा लक्षित व्यक्तिहरूले आफ्नो जवाफदेहिता बुझेर संसद् वा सम्बन्धित ठाउँमा जवाफ दिनुपर्ने बताए।

    आङदेम्बेले संसदीय उच्चस्तरीय समिति गठनमा ढिलाइ नगर्नुपर्ने भन्दै आफूले सभामुखलाई एक–दुई दिनमै भए पनि प्रक्रिया टुंग्याउन सुझाव दिएको बताए। उनले बढीमा एक हप्ता वा १० दिनभित्र समिति गठन गरिसक्नुपर्ने आफ्नो राय रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

    जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण

    महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

    फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

    बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

    रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

    जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री…

    जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको…

    महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑